लेखनाथ,१८ माघ । कास्कीको पोखरा महनगरपालिका वडा नं २७ को तालचोकमा रहेको डायमण्ड माविले आफनो ३७ औं वार्षिकोत्सवको अवसरमा विविध साँस्कृतीक कार्यक्रम सहित फुड फेस्टीभलको आयोजना गरेको छ ।
दुई दिनसम्म चल्ने वार्षिकोत्सवको पहिलो दिन कक्षा ११ र १२ का होटल म्यानेजमेन्टका विद्यार्थीद्धारा राष्ट्रिय र अन्तराष्ट्रिय खानाका परिकारका विक्रि वितरण, विभिन्न खेल, लाइभ दोहोरी, इन्फलेम ब्यान्डको पप कन्र्सट तथा चित्रकला÷हस्तकलाको विक्रि स्थानीय उत्पादनको प्रवद्र्धन, बजारीकरण तथा खाद्य महोत्सव आयोजना गरिएको हो ।
रुपाकोट रिसोर्टका संचालक पुष्प अधिकारीले खाद्य महोत्सवको उद्धघाटन गर्दै विद्यार्थीले सिकेका कुरा ब्यवहारिक जिवनमा देखाउने अवसर मिलेको, अन्य देशका विद्यालयको झल्को आएको बताउदै यसले स्थानीय उत्पादनको प्रवद्र्धन, उपयोगीता र बजारीकरणका लागि खाद्य महोत्सवले सघाउ पुग्ने धारणा राखेका थिए ।
खाद्य महोत्सवमा ३० वटा स्टलमा विभिन्न किसिमका परिकार राखिएको, स्थानीयस्तरमा उत्पादन भएका अन्न बालीबाट बनाइएका खाद्य बस्तुको विक्रि वितरण र कला प्रदर्शनीले विद्यार्थीमा नयाँपन र उत्सुकता जाग्ने र सिक्दै कमाउदैको अभ्यास हुने विद्यालयका निर्देशक माधवशरण उपाध्यायले बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा छात्रा सक्षम लामिछाने, संचालक समितिका सदस्य सञ्जीव थापा र शिक्षक तारानाथ पराजुली लगायतले आ –आफ्नो धारणा राखेका थिए ।
होटल म्यानेजमेण्टका विद्यार्थीहरुबाट खानाका स्टलहरु राखेर विभिन्न परिकारहरु तयार पारेका थिए भने डायमण्ड ब्याण्डको लाईभ पप कन्सर्ट र लोकदोहोरी कलाकार शिवहरि ढुगाना र वालकृष्ण वाग्लेको दोहोरीले मिनि महोत्सवकै झल्को प्रदान गरेको थियो ।
विद्यार्थीलाई ब्यवहारीक र प्रयोगात्मक शिक्षा दिनु पर्छ भन्ने भावका साथ सुरु भएको कार्यक्रममा विद्यार्थीहरुद्धारा तयार पारिएका हस्तकालका सामाग्री सहित विभिन्न किसिमका खेलहरु समेत प्रस्तुत गरिएको थियो ।
विद्यालय संचालक समितिका सदस्य हरिप्रसाद लामिछानेले खाद्य महोत्सवले विद्यार्थीहरुलाई अन्तराष्ट्रिय स्तरको पढाई प्रदान गरि स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने उच्च मनोवल बृद्धि गराएको धारणा राखेका थिए ।
Discussion about this post