लेखनाथ,१८ माघ । कास्कीको पोखरा महनगरपालिका वडा नं २६ को वुढिवजारमा रहेको जुनियर सिटिजन एकेडेमीले आफनो ४६ औं वार्षिकोत्सव तथा अभिभावकको अवसर पारेर पुर्व शिक्षकहरुलाई सम्मान गरेको छ ।
विद्यालय स्थापनाकालदेखि वर्तमान अवस्थासम्म आईपुग्दा विद्यार्थीको पढन पाठनमा सहयोग पु¥याउनु भएका पुर्व शिक्षकहरुको योगदानको उच्च कदर गर्दै ७२ जना शिक्षक तथा कर्मचारी र उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।
विविध सास्कृतिक कार्यक्रमका साथ सुरु भएको कार्यक्रमको उद्घाटन गर्दै साहित्यकार नवराज पराजुलीले शिक्षाले वाल वालिकाको आत्मविकास वढाउने भएकाले विद्यार्थीलाई खेल,नृत्य,गीत,कथा र मौनताको सोचाईलाई वढावा दिनुपर्ने सुझाव राखेका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सृजना पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका निर्देशक मुकुन्द वस्तीले भावी योजना र प्राचार्य सुन्दर शर्मा ढकालले विद्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
विद्यालयका सह प्राचार्य टीकाराज न्यौपनेले संचालन गरेको कार्यक्रममा मावि संयोजक अनिता पौडेले विद्यालयले अपनाएको नयाँ शिक्षा प्रणालीका वारेमा जानकारी गराएकी थिईन भने विद्यार्थी मिनाक्षी पुर्जा पुनले स्वागत मन्तव्य राखेका थिईन ।
Discussion about this post