• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

टाइगर कप भलिबलमा भोलि दोस्रो क्वालिफायरका खेल हुने

Ramsharan Nepali by Ramsharan Nepali
January 31, 2025
in खेलकुद, समाचार, स्थानीय
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

पोखरा l एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा भोलि दोस्रो क्वालिफायरका खेल हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी उक्त प्रतियोगिताको आठौं दिन भोलि पुरुष र महिलातर्फ दोस्रो क्वालिफायरका खेल हुने तालिका छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने पहिलो खेल महिलातर्फको क्वालिफायर हुनेछ । बिहान ११ बजेबाट सुरु हुने उक्त खेलमा आयोजक टाइगर ग्रुप र टिपटप न्यू डायमण्ड स्पोटर््स क्लबबिच हुनेछ । टाइगर ग्रुप पहिलो क्वालिफायरमा सशस्त्र प्रहरी बल एपिएफसँग पराजित हुँदै दोस्रो क्वालिफायरमा पुगेको थियो । आयोजकलाई हराएको एपिएफ फाइनलमा पुगेको छ । न्यू डायमण्डले एलिमिनेटरमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको हो ।

भोलिको दोस्रो खेल पुरुषतर्फको दोस्रो क्वालिफायर हुनेछ । साढे १ बजेबाट सुरु हुने उक्त खेल त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबिच हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । आर्मी पहिलो क्वालिफायरमा पुलिससँग पराजित भएको थियो । गण्डकीले एलिमिनेटरमा भारतको सुनिल भलिबल क्लबलाई पराजित गरेको थियो । दुवैतर्फको फाइनल खेल आइतबार हुनेछ ।

प्रतियोगिताको विजेताले ५ लाख ८५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउनेछ । दोस्रो हुनेलाई २ लाख ८५ हजार ५५५ र तेस्रो हुनेलाई १ लाख ८५ हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

Previous Post

डायमण्डको ३७ औं वार्षिकोत्सवमा ‘फुड फेस्टीभल’

Next Post

डायमण्ड माविको ३७ औं वार्षिकोत्सव सम्पन्न

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
डायमण्ड माविको ३७ औं वार्षिकोत्सव सम्पन्न

डायमण्ड माविको ३७ औं वार्षिकोत्सव सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?