लेखनाथ, २७ भदौ । वि स २०५० जेष्ठ ७ गते आम नागरिकलाई आवश्यक पर्ने कृर्षि औजार, मल, विउ लगायत दैनिक उपभोग्य वस्तुको खरिद विक्रिमा सहज हुने गरि स्थापना भएको जनप्रिय सहकारी संस्थाले शनिवार आफनो २१ औं वार्षिकोत्सव सम्पन्न गरेको छ ।
स्थापनाकाल देखि नै जनमुखि काम गर्दै आएको संस्थाले एक हजार ९१ सेयर सदस्यहरुबाट कुल तीन करोड ९५ लाख १७ हजार आठ सय सेयर पुँजी वनाउन सफल भएको छ भने आगामी आर्थिक वर्षका लागि सेयर सदस्य एक हजार दुई सय पुर्र्याउने र सेयर पुँजी झण्डै चार करोड ७२ लाख पुर्र्याउने महत्वोकांक्षी योजनालाई अगाडी सारिएको छ ।
यसै विच संस्थाको वार्षिक साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले आफनो वडा भित्र रहेका सहकारीहरुलाई संठित गरेर उत्पादनशिल क्षेत्रमा लगानी वढाउन अनुरोध गर्दै सहकारीमा देखिएका विषयगत त्रुटिलाई कसरी सुधार गर्न सकिन्छ भन्ने सवालमा साझा अवधारणाको आवश्यकता समेत रहेको अध्यक्ष थापाको भनाई रहेको थियो ।
कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष मुरारी वरालले संस्थागत हितका बारेमा सोच विचार गर्ने हो भने कुनै पनि सहकारीहरु संकटमा नपर्ने ठोकुवा गरेका थिए भने पुर्व अध्यक्षहरुको तर्फबाट रामजी थापाले सहकारीलाई हेर्ने निकाय नै फितलो र कमजोर सहकारी निती कै कारण धेरै सहकारीहरु समस्यमा परेकाले राज्यले अभिभावकत्व निभाउन नसकेको तर्फ संकेत गरेका थिए ।
संस्थाका अध्यक्ष रविन्द्रमोहन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकारहरुको तर्फबाट नारायण प्रसाद वराल, जनजागृती महिला सहकारीका अध्यक्ष कल्पना रानाभाट, महिला सेयर सदस्यहरुको तर्फबाट पर्मिला भण्डारी, पुरुष सेयर सदस्यहरुबाट सुधिरमणि लामिछाने, बचतकर्ता सरस्वती ढुंगाना र पवित्रा ढुंगाना लगायतले सहकारीको समाजिक क्षेत्रमा पुर्र्याएको योगदानकै कारण जनतामा विस्वास जित्न सफल भएको विचार राखेका थिए ।
संस्थाका विभिन्न बार्षिक योजनामा सफलता हात पार्न सफल सेयर सस्दस्यहरुलाई सम्मान गरिएको कार्यक्रमको संचालन सचिव रंगनाथ तिमिल्सीनाले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष खेमप्रसाद भण्डारीले गरेका थिए ।
Discussion about this post