सचिन रानाभाट
असोज १, लेखनाथ – आगामी मंसिर २२ देखि २९ गते सम्म हुने २५ औं संस्करणको आदर्श कपको पहिलो प्रस्तावना पोखरा २९ लाई हस्तान्तरण गरेको छ।
बिश्वकर्मा पुजाको अवसर पारेर प्रतियोगिताको संरक्षक समेत रहेको पोखरा महानगरपालिका वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङलाई पहिलो प्रस्तावना हस्तान्तरण गरेको क्लवका अध्यक्ष पदम गुरुङले जानकारी दिएका हुन्।
‘२५ औं आदर्श कप’ लाई बिगतमा जस्तै प्रायोजक, सहयोगी, संचार माध्यम तथा शुभ चिन्तकहरुको साथ र सहयोगको अपेक्षा रहेको गुरुङले बताएका छन् ।
Discussion about this post