• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

सशस्त्रको गोदाममा भएको आगलागीमा दुई समितिको छानबिन

२० जनालाई हेडक्वाटर तानेर छानबिन सुरू

Ramsharan Nepali by Ramsharan Nepali
April 10, 2024
in समाचार
0
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

२८ चैत, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) को बलम्बुस्थित केन्द्रीय गोदाममा भएको आगलागीबारे छानबिन सुरू भएको छ । सशस्त्र प्रहरी र गृह मन्त्रालयले छुट्टाछुट्टै समिति बनाएर घटनाको अनुसन्धान थालेको हो ।

सशस्त्र प्रहरीको भण्डार महाशाखा अन्तर्गत रहेको गोदाममा सोमबार साँझ आगलागी भएको थियो । केन्द्रीय गोदाममा भण्डारण गरिएका बन्दोबस्तीका सामानहरू सम्बन्धीत युनिटहरुमा पठाउने अन्तिम तयारी भइरहेका बेला आगलागी भएको हो । ७ वटा दमकल, स्काभेटर, प्रहरी, सशस्त्र प्रहरीको टोलीको सहयोगमा राति करिब २ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीमा चुस्ता, बुट, म्याट, झुल, मण्डी, तन्ना, स्लिपङ ब्याग, ढाललगायत बन्दोबस्ती तथा सुरक्षा महत्वपूर्ण सामानहरु जलेर नष्ट भएको सशस्त्र प्रहरीले बताएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता तथा एसएसपी राजेन्द्र खड्काका अनुसार अहिलेसम्म ३७ हजार बुट, ३७ हजार स्पोर्ट सुज जलेर नष्ट भएको पुष्टि भएको छ भने बाँकी सामानहरुको विवरण संकलन भइरहेको छ ।

आगलागीपछि सशस्त्र प्रहरीले कार्य विभागका एआईजी वंशिराज दाहाल नेतृत्वमा ९ सदस्यीय छानसबिन समिति बनाएको छ । समितिले भण्डारण शाखादेखि बाहिनीका एसपीसम्मलाई हेडक्वाटरमा तानेर छानबिन सुरु गरेको छ ।

भण्डारण शाखाका एसपी राजेन्द्र श्रेष्ठसहित ७ जनासँग हेडक्वाटर तानेर सोधपुछ सुरु गरेको सशस्त्र प्रहरी स्रोतले बतायो । केन्द्रीय गोदाम नं. ९ पशुपति बाहिनीको कम्पाण्डमा रहेकाले बाहिनीका एसपी सहितको टोलीलाई पनि हेडक्वाटर तानिएको छ । घटना भएको समयमा ड्युटीमा रहेका बाहिनीका एसपी अर्जुन खत्रीसहित ११ जनालाई हेडक्वाटर तानिएको छ ।

छानबिन समितिले बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको गेटमा ड्युटीमा खटिएका २ सशस्त्र प्रहरीलाई सोधपुछ गरेको छ । ‘अहिले उहाँहरुको जिम्मेवारी खोसेर हेडक्वाटर तानेर छानबिन सुुरु गरेका छौं’ सशस्त्र प्रहरी स्रोतले भन्यो ।

समितिले भण्डार महाशाखामा रहेको सम्पूर्ण सक्कल अभिलेखहरुको अध्ययन गरी के–कति सामान थियो ? के कसरी आगलागी भयो ? कति क्षति भएको भन्ने विवरण समेत संकलन गरिरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

भूकम्पअघिसम्म सशस्त्र मुख्यालय हल्चोक र मुख्यालय नजिकैको विशेष कार्यदल बंगलामुखी गणमा सामान भण्डारण गर्ने गरिएको थियो । बाराको पथलैयास्थित छिन्नमस्ता बाहिनी मुख्यालमा पनि सामान सशस्त्रले सामान भण्डारण गर्दै आएको थियो ।

त्यो मुख्यालय शिक्षालयमा परिणत भएपछि बलम्बुमा सामान भण्डारण गर्न थालिएको थियो ।

आगलागीको भोलिपल्ट सशस्त्रको प्रबन्ध शाखा, भण्डारण शाखा र कानून शाखाका कर्मचारी गएर घटनाको अवलोकन गरेका थिए । बन्दोबस्तीका सामान खरिदको सम्पूर्ण काम प्रबन्धले नै गर्छ । प्रबन्ध शाखाको प्रमुखमा एसएसपी दीपेन्द्र कुँवर छन् । त्यस्तै भण्डारणको शाखामा एसपी राजेन्द्र श्रेष्ठ छन् ।

सामान कति खरिद गरिएको थियो ? कति बलम्बुको केन्द्रीय गोदाममा भण्डारण गरिएको थियो भन्नेबारे यी दुई शाखा (प्रबन्ध र भण्डार) नै जानकार हुन्छन् ।

सशस्त्र प्रहरीका प्रवक्ता खड्काले भने सशस्त्र प्रहरीको प्रारम्भिक छानबिनका क्रममा भने विद्युत सर्ट भएर आगलागी भएको देखिएको बताएका छन् ।

गृहको छुट्टै अनुसन्धान, छैन सीसीटीभी

आगलागीको घटनामा चासो राख्दै गृह मन्त्रालयले पनि अर्को समिति बनाएर छानबिन थालको छ ।

सामानहरु वितरण गर्ने तयारी भइरहेका बेला अचानक आगलागी हुन शंकास्पद देखिएको भन्दै गृहले सहसचिव भरतमणि पाण्डे संयोजकत्वकमा अर्को समिति बनाएको हो ।

चार पूर्वआईजीहरु सनतकुमार बस्नेत, शैलेन्द्र श्रेष्ठ, कोषराज वन्त र वासुदेव ओलीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेका बेला ३ पुस २०७४ मा बिहानीपख हेडक्वाटरको स्टोरमा आगलागी भएको थियो ।

आर्थिक कारोबारसम्बन्धी गोप्य कागजपत्र जलाउने उद्देश्यले मट्टितेल छर्केर आगो लगाएको पाएपछि सशस्त्रका हवल्दार रामकृष्ण श्रेष्ठ बर्खास्त भए । बन्तसहितका अधिकृतविरुद्ध भने अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएको थियो ।

यो पटक पनि सामानहरु वितरण गर्ने तयारी भइरहेका बेला आगलागी भएकाले कागजी रुपमा समानहरु बरबुझारथ भएको उल्लेख हुने, तर गोदाममा त्यसअनुसार नहुने वा कम गुणस्तरका हुनसक्ने सम्भावनालाई ध्यान राख्दै समितिले छानबिन अघि बढाएको छ ।

‘कुनै दुर्घटना भएर वा विद्युत सर्ट भएर पनि आगागी भएको हुनसक्छ, अन्य कुनै कारणहरु पनि हुनसक्छन्’ समितिका एक सदस्य भन्छन्, ‘सबै कुरालाई ध्यानमा राखेर अनुसन्धान अघि बढाएका छौं ।’

छानबिनका क्रममा केन्द्रीय गोदाममा सीसीटीभी जडान नगरिएको खुलेको छ । ‘करोडौं पर्ने सुरक्षाका बन्दोबस्तीका सामानहरु भण्डारण गरिएको गोदाममा एउटा पनि सीसीटीभी जडान गरिएको पाइएन’ समितिका ती सदस्य भन्छन्, ‘यसले सुरक्षा संवेदनशीलता र सशस्त्र प्रहरीको लापरबाही देखाएको छ ।’

वरपरका घरमा सीसीक्यामेरा जडान गरिएको हुनसक्ने अनुमान गर्दै खोजी थालेको छ ।

सशस्त्र प्रहरीका एक अधिकारीले भने यो पटक खरिद प्रक्रियामा कुनै प्रश्न नउठेकाले विगतको घटनासँग जोडेर हेर्न नहुने दाबी गरे । उनका अनुसार कम्प्याट आउन बाँकी भएकाले सामानहरु स्टोरमा रहेको भन्दै उनले भने, ‘आगलागी नै भएकाले सुरक्षामा कमजोरी भएन होला भन्दैनौं । तर यसलाई विगतको जस्तो अनियमितासँग जोडेर हेर्न मिल्दैन ।’

१० दिनभित्र प्रतिवेदन दिने गरी बनेको समितिमा सशस्त्रका डीआईजी किशोर प्रधान, महालेखा नियन्त्रकको कार्यालयका उपसचिव स्तरको प्रतिनिधि, गृहका उपसचिव सागरमणि पाठक र बरिष्ठ कम्युटर इन्जिनियर सुस्मा श्रेष्ठ छन् ।

Previous Post

हेमजा आलु महोत्सवमा आलु किन्ने बढे

Next Post

स्याङजाली तमु समाजको ट्होटे

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
स्याङजाली तमु समाजको ट्होटे

स्याङजाली तमु समाजको ट्होटे

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?