लेखनाथ, २८ चैत । गुरुङ समुदायको प्राचिन सस्कृतीलाई आत्मसाथ गर्दै साउनको अन्तिम मंगलवार र चैत्रको अन्तिम मंगलवार मनाउदै आएको टोहेटे पर्वलाई पोखरा–२६ मा रहेको स्याङजाली तमु समाजले सामुहिक रुपमा मनाएको छ ।
वर्षको दुई पटक तमु समुदायले मनाउने टोहोटे पर्व अन्तरगत चैत्र महिनाको अन्तिम मंगलवार उभौंली र साउनको अन्तिम मंगलवार उधौली पर्वका रुपमा मनाउने प्रचलन अन्तरगत समाजले टोहेटे पर्व मनाएका हो ।
पोखरा–२६ को गडुवा खोलबाट धार्मिक परम्परा अनुसार वाजा गाजा र तमु समुदायको भेष–भुषामा सम्झीएर समुहले विभिन्न ठाउको परिक्रमा गर्दै गुँदेताल किनारामा पुगी बैधिक विधिपुर्वक समापन गरिएको हो ।
साउन महिनाको ट्होटे पर्वमा खेती वाली तथा पशुपंक्षीलाई गाउँवाट बेशी लगिने भएकाले उधौली र चैत्र महिनाको ट्होटेमा वेशीबाट गाउमा जाने भएकाले उभौली भन्ने प्राचिन मान्यता रहदै आएको छ ।
समाजका अध्यक्ष ले.नेम बहादुर गुरुङको नेतृत्वमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष मोहन प्रसाद गुरुङ, पुुर्व अध्यक्ष क्याप्टेन डिक बहादुर गुरुङ, सुवेदार यम बहादुर गुरुङ, आमा समुहकी अध्यक्ष रिनु गुरुङ, समाजका सचिव क्याप्टने विल बहादुर गुरुङ लगायतले नेपालीहरुको मौलीक संस्कृतिको रक्षाका लागि यहाँ भएका विभिन्न जात जातहरुले धार्मिक रितिरिवाजको संरक्षण गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।
टोहोटे पर्वलाई विशेष गरि प्राकृतिक दैवि प्रकोपबाट मानव जातीको रक्षा होस भन्दै वाली नाली र गाउँ समाजमा कुनै किसिमको आपत विपत नआवसो भन्दै भुत प्रेतलाई भागाउने प्राचिन मान्यता रहदै आएको छ ।
Discussion about this post