लेखनाथ, ३ वैशाख । कास्कीको एतिहासि एवंम धार्मीक स्थलका रुपमा परिचित पोखरा २८ को ठुलाकोट काल भौरव मन्दिरमा यस वर्ष रोट पकाउने पर्वका रुपमा मनाईने भएको छ ।
वर्षको दुई पटक ठुलो दर्शै र चैते दशैमा भैरवको विषेश रुपमा पुजा पाठ गरिदै आएकोमा यस वर्षको चैते दशैका अवसरमा वैशाख ४ गते अष्टमीका दिन फरक र भिन्न तरिकाले भैरवको पुजापाठ गर्न लागिएको पिठादिस वसन्तनाथ योगीले जानकारी दिएका छन् ।
वि स २०८१ सालमा तिनवटा दशै पर्ने भएकाले यो वर्षमा भैरवले पुथ्वीको भ्रमण गर्ने प्राचिन भनाई रहेकाले भैरवलाई खुसी पार्नका लागि विशेष प्रकारको रोट पकाउने र भैरवलाई चढाउने प्रचलन अनुसार बिभिन्न सामाग्री मिसाएर तयार पारिएको एक पाथी पिठो वरावरको रोट पकाउने योजना रहेको पुजारी वसन्तनाथ वताउछन् ।
भैरवका नाममा बनाएकोे रोट प्रसाद खादाँ नयाँ वर्ष फलिफाव हुने,अन्न वाली राम्रो हुने, रोग ब्यादी नलाग्ने प्राचिन मान्यता रहेकाले रोटका लागि आवस्यक पर्ने चामल,आटाको पिठो, नरिवल, छोडा, ल्वाङ, सुकुमेल, दालचिनी, मिठासुप, चिनी, काजु, अलैची, मरिज, ध्यू, गाईको दुध लगायतका सामाग्री प्रसादको रुपमा जम्मा गरि वैधिक विधि पुर्वक यज्ञ मण्डपमा रोट पकाएर भैरवलाई चढाइने गरिन्छ ।
अष्टमीकै दिनमा ठुलाकोट काल भैरव मन्दिरमा चण्डी पाठ सहित भैरवको कार्यक्षेत्र भित्र कलश यात्रा निकालीने कार्यक्रम समेत रहेको मन्दिर संरक्षण समितिका अध्यक्ष तिलकशाली अधिकारीले जानकारी दिएका छन् ।
Discussion about this post