• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

बेगनासतालमा ड्रागन बाेट रेस शुरु

खेलकुदबाट अन्तराष्ट्रिय सम्बन्ध बिस्तार गर्न सकिन्छ : मन्त्री श्रेष्ठ

Ramsharan Nepali by Ramsharan Nepali
March 24, 2024
in खेलकुद, समाचार, स्थानीय
0
0
SHARES
250
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ , ११ चैत्र । युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले खेलकुदको माध्यमबाट अन्तराष्ट्रिय सम्बन्ध बिस्तार गर्न सहयोग पुग्ने बताए ।

पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्डको आयोजना र होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथ र ड्रागन बोर्ड एशोसियसन गण्डकी प्रदेशको सह आयोजनामा बाट सुरु भएको प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि श्रेष्ठले खेललाई सांस्कृति, प्राकृतिकको महत्व दिएर झाँकी रयाली सहितको उपस्थितिमा हुने खेलले बेगनासताललाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने विश्वास व्यक्त गरे । आगामी दिनमा खेललाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै गण्डकी प्रदेशका पूर्व मूख्यमन्त्री खगराज अधिकारीले यस लेखनाथ क्षेत्रको सांस्कृतिक, धार्मिक तथा यस क्षेत्रमा रहेका सात तालको विकास गर्नुपर्नेमा जोड दिंदै पोखरामा रहेको फेवाताल जस्तै लेखनाथको क्षेत्रमा रहेका बेगनासताल, रुपाताल, खास्टे, मैदी, गुँदे, न्यूरोनी तालको विकास गर्न चाहेको बताए । लेखनाथको छुट्टै पहिचान भएको बताउँदै विकास निर्माणका हिसाबले लेखनाथ क्षेत्र ओझेलमा परेको स्वीकार गर्दै अधिकारीले यस क्षेत्रका बासिन्दाको भावनालाई आफूले सम्मान गर्ने बताए । प्रथम ड्रागन बोट रेसले महानगरवासी भएको झल्को दिएको बताउँदै अधिकारीले सकारात्मक सोचका साथ राष्ट्रिय अभियान `समृद्ध नेपाल, सुखी नेपाली´ स्वरोजगार र रोजगारी सिर्जना गर्ने अभियानमा सबै नेपालीको मन प्रतिबद्ध हुने विश्वास व्यक्त गरे ।

नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख नविन पोखरेलले पोखरा र लेखनाथमा वाटर स्पाेर्टसको रुपमा विकास गर्नुपर्नेमा जोड दिए। यस्ता कार्यक्रमले पोखरा र लेखनाथका सम्पदालाई चिनाउने बताउँदै यसबाट आर्थिक विकास गराउन सकिन्छ भन्ने धारणालाई मुर्त रुप दिएको बताए ।

पोखरा महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिनाले यस क्षेत्रमा रहेका तालहरुको संरक्षणका लागि महानगरपालिका योजनावद्ध रुपमा अगाढि बढिरहेको जानकारी दिए । प्रवक्ता तिमिल्सिनाले पहिलो चरणमा खास्टे, न्युरेनी तालको संरक्षणणका लागि डिपीआरको प्रकृयालाई अगाढि बढाउन १० करोड भन्दा बढी परियोजनाको सञ्चालनको क्रममा रहेको बताए । पोखरा महानगरपालिका खेल क्षेत्रको विकासका आवश्यक बजेट विनियोजन गरी पूर्वाधार निर्माणमा समेत योजनाबद्ध रुपमा महानगर लागिपरेको बताए ।

पोखरा महानगरपालिका वडा नं. ३१ का वडा अध्यक्ष ढकनाथ कंडेलले पोखरा र लेखनथामा विशिष्टिकृत रुपमा रहेका ताहरुको संरक्षण गर्न यस कार्यक्रम केसेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य मदन आचार्यको अध्यक्षतामा सम्पन्न भएको भएको कायक्रमको सञ्चालन होटल तथा रेष्टुरेन्ट एशोसियसनका महासचिव सुरेस लामिछाने र सञ्चारिका समूह गण्डकी प्रदेशकी पूर्व अध्यक्ष स्मिता अधिकारीले गरेका थिए भने होटल तथा रेष्टरेन्ट एशोसियसनका अध्यक्ष बिरभद्र कंडेलले स्वागत गरेका थिए ।

यस अघि बेगनासताल देखि आमा समूहहरु, टोल विकास संस्थाहरु, युवा क्लबहरु लगायत विभिन्न सामाजिक संघ संस्थाहरु आफ्नो जातिय पहिचान सहित भेषभुषा,  पञ्चेबाजा र झाँकी ¥याली सहित कार्यक्रमस्थलमा सहभागी भएको थिए । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरु प्रजापति पराजुली, जिवन दाहाल, शिवहरी ढुंगाना, सम्झना लामिछाने मगर लगायतले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

आइतबार २ सय मिटरतर्फ १४ टिम विच खेल सम्पन्न भएकाे छ भने साेमबार ५ सय मिटरतर्फका खेल हुनेछन ।प्रतियोगितामा पाँच सय मिटरमा प्रथम हुनेले दुई लाख, द्धितिय हुनेले एक लाख ५० हजार र तृतिय हुनेलाई ७५ हजार र दुई सय मिटरमा प्रथम हुनेलाई एक लाख द्धितियलाई ५० हजार र तृतियलार्ई रु. २५ हजार पुरस्कार प्रदान गरिनेछ ।

 

Previous Post

सुर्य तारा (नेकाेस) खेल महाेत्सव सम्पन्न, फुटबलकाे उपाधि एल सि ब्रदर्श लामाचाैरलाई

Next Post

प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उपाधि वाटर स्पोर्ट्स नेपाल र नारालाई

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उपाधि वाटर स्पोर्ट्स नेपाल र नारालाई

प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उपाधि वाटर स्पोर्ट्स नेपाल र नारालाई

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?