लेखनाथ, २ चैत । सुर्य तारा क्लब (पोखरा) र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा आज शनिबार देखि खेल महोत्सव हुने भएको छ ।
पोखरा–२९ को प्रस्तावित् भण्डारढिक रंगशालामा चैत्र ३ गतेदेखी चैत्र ११ गतेसम्म लेखनाथमा सुर्य तारा (नेकोस) खेल महोत्सव हुन लागेको हो ।
खेलकुदको माध्यमबाट राष्ट्रिय, अन्तराष्ट्रिय ख्याति स्थापित गर्दै खेलकुदको क्षेत्रबाट संस्थागत विकास एवं गण्डकी प्रदेशमा विभिन्न खेल अभियान सञ्चालन गर्दै आन्तरीक र बाह्य पर्यटनको प्रबंधनका साथै स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले खेल महोत्सव गर्न लागिएको छ ।
महोत्सवमा फुटबल, ब्याडमिन्टन, एथ्लेटिक, तेक्वान्दो, खुल्ला महिला स्लो स्कुटर रेस, गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता, कास्की जिल्लास्तरीय विद्यालयस्तरीय नृत्य प्रतियोगिता, संघसंस्था स्तरिय झाँकी प्रदर्शनी प्रतियोगिता र लोक दोहोरी प्रतियोगिता हुने खेल संयोजक एवं नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव विष्णु पुनले जानकारी दिए ।
खेल महोत्सवको मुख्य आर्कषण फुटबल प्रतियोगिता तर्फ १२ वटा समुहले टिम दर्ता गराएका छन् । फुटवलको विजेता टिमले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।
यसैबिच शनिबार हुने उद्घाटन तर्फ फुटवल, गण्डकी प्रदेश स्तरीय तेक्वान्दो, ब्याडमिन्टन र विभिन्न संघसंस्थाको झाँकी प्रदर्शनी प्रतियोगिता हुने भएको छ । उता खेल महोत्सवको पुर्व सध्यामा आयोजक र लेखनाथ पत्रकार मञ्चका विच भएको मैत्रीपुर्ण खेलमा पत्रकार मञ्चले पाँचका विरुद्ध सात गोलले विजयी भएको थियो ।
महोत्सवको उद्घाटन नेकपा एकालेमा नेता शंकर पोखरेलले गर्ने कार्यक्रम रहेको छ । खेल महोत्सवको मुख्य प्रायोजकमा कर्माचार्य वेक्स एण्ड फुड्स प्रा.ली. रहेको छ भने प्रवर्द्धकमा पोखरा महानगरपालिका, गण्डकी प्रदेश खेलकुद परिषद र राष्ट्रिय खेलकुद परिषद रहेका छन ।
Discussion about this post