लेखनाथ, १ चैत । पोखरा महानगरपालिका वडा २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङलाई पितृसोक परेको छ । अध्यक्ष गुरुङका वुवा अमर वहादुर गुरुङको वुधवार ९७ वर्षको उमेरमा निधन भएको हो ।
सुगर र प्रेसरका कारण लामो समय देखि विरामी पर्नु भएका गुरुङको आफनै निवासमा निधन भएको हो । उनको विहिवार सयैको सख्यामा पोखरा २७ को रिठेपानीवाट सव यात्र निकाली धार्मीक परम्परा अनुसार सेती नदिको मरेखरे घाँटमा अन्तिम श्रद्धाञ्जली सहित अन्त्यष्टी गरिएको हो ।
वेलायत सरकारमा भुपु भएर बृटिस आर्मीमा मेजर तहसम्मको उपादी हासिल गरेका स्वर्गीय गुरुङकी श्रीमती विवि कुमारी गुरुङ, छोराहरु क्याप्टेन इन्द्र वहादुर गुरुङ, चन्द्र बहादुर गुरुङ, वडाअध्यक्ष पुर्ण कुमार गुरुङ, मनध्वज गुरुङ, छोरी डम्वर कुमारी गुरुङ र नाती, नातिनी, पनाती पनातीनीहरु रहेका छन् ।
Discussion about this post