• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home फिचर

‘मेरो रुख म काट्छु’ अज्ञानता कि लापरवाही ?

Lekhnath Khabar by Lekhnath Khabar
January 30, 2024
in फिचर, विचार/ब्लग, विशेष, स्थानीय
0
0
SHARES
299
VIEWS
Share on FacebookShare on Twitter

पर्यटकिय नगरी पोखराको चिनारी नै हरिया डांडाकाँडा र तालतलैया हुन्। स्वस्थ हावा दिन, पानीको स्रोत सरंक्षण गर्न र घरवरपर भु-क्षय रोकि पहिरो र प्राकृतिक विपत्ती रोक्न रुख विरुवाहरुको बिशेष भुमिका रहने गरेको छ। घरवरपरका रुखहरु काटिदा पहिरोको जोखिम र पानीका स्रोतहरु सुक्ने र कृषियोग्य जमिन पनि अनुत्पादक हुने गर्दछन् । मानव र प्रकृति एक अर्कोको परिपुरक हुन् र सन्तुलन मिलाएरै जानुपर्दछ।

हालैमात्र पोखरा महानगरपालिका वडा नं १९ ले प्रदेश सरकारको आ.ब. ०८०/०८१ को बादर नियन्त्रण निती तथा कार्यक्रम अन्तर्गत यहि मिती २०८०/१०/१५ देखी १० दिनभित्र वडावासीले “मेरो रुख म काट्छु“ अभियानलाई सहयोग गर्न प्रकाशन गरेको सुचना सामाजिक सन्जाल र सर्वव्यापि चर्चामा रहेको छ। पोखरा महानगरपालिका आफैले “Clean Pokhara, Green Pokhara” अभियान संन्चालन गरिरहेको र यो बर्ष Global Warming नियन्त्रण को लागि २ लाख बिरुवा रोप्ने महाअभियान सुरु हुदैछ र रुख काटेमा पोखरा महानगरपालिकाले महानगरको आर्थिक ऐनमा रुखहरूको हाँगा अनुमति विना कटान गरेमा प्रति हाँगा रु.५००० र रुख नै काटेमा रु.१५ हजार जरिवाना हुने व्यवस्था गरेको छ ।

एक घर दुई बिरुवाको नीति लिएको पोखरा महानगरपालिकाले पछिल्लो डेढ वर्षमा हजारौँ बिरुवाहरू वृक्षारोपण गरेको छ भने, त्यति नै सङ्ख्यामा फूलका बिरुवाहरू लगाएको छ । पर्यावरणको सन्तुलनमा रुख बिरुवाको निकै महत्त्वपूर्ण भूमिका रहने भन्दै आफ्ना घर अगाडीका बिरुवा तथा फूलहरूको संरक्षणका लागि महानगरपालिकाले अनुरोध गर्दे आएको छ ।

यसैगरि पोखरा महानगरपालिका वडा नं ३१ बेगनासतालमा वातावरणिय प्रभाव अध्ययन नगरेको र बिना अनुमति मोटरवोर्ट सन्चालन गरेर पर्यावरण को सन्तुलन खलबलिएको र जलचर तथा सिमसार क्षेत्रलाई असर गरेको भन्दै बन्द गरेको छ। महानगरपालिका ले बेला बेला मा संरक्षण र विकासको कार्यक्रम ल्याईरहदा पटकपटक वडाहरुको सुचना र सिफारिसहरुनै महानगरको लागि टाउको दुखाई बन्ने गरेका छन्।

हालैमात्र पोखरा महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूका लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ र सोसँग सम्बन्धित विषयक दुई दिवसीय क्षमता विकास तालीम सम्पन्न गरेको छ । गत सोमबारदेखि सुरु भएको तालिम मङ्गलवार सकिएको थियो। स्थानीय जनप्रतिनिधिहरूको काम, कर्तव्य र अधिकारका बारेमा थप बुझ्ने अवसर सहित पुर्नताजकी प्रदान गर्न र स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा अन्तर सम्बन्धित विषयहरूको बारेमा ज्ञान हासिल, सङ्घीय शासन प्रणालीमा तहगत अन्तरसम्बन्ध, जनप्रतिनिधि तथा कर्मचारीहरूको काम, कर्तव्य र अधिकारका बारेमा प्रशिक्षण प्रदान गरिएको थियो ।

यस्तै योजनाको अवधारणा, प्रकार, चरणहरू वडा स्तरमा गरिने योजना तर्जुमाको प्रक्रिया अवलम्बन, स्थानीय तहको वार्षिक बजेट तथा वित्त व्यवस्थापन, स्थानीय तहमा न्यायिक समितिको गठन प्रक्रिया र अधिकार क्षेत्र, स्थानीय तहमा सूचनाको हकको महत्त्व लगायतका विषयमा तालिम दिइएको मा हालैमात्र पोखरा महानगरपालिका वडा नं १९ ले प्रकाशित गरेको सुचनाले देशव्यापी आलोचना पाईरहेको छ र नगरप्रमुख धनराज आचार्यले आफ्नो फेसबुकमा स्टाटस राख्दै – “आफ्नो रुख आफै काटौ अभियान भनेर रुख काट्न आह्वान गरेको भन्ने सुचना प्रकासित भएको सन्दर्भमा यस सम्वन्घमा स्थानीय सरकार संचालन ऐन बमोजिम महानगरपालिका बाट कुनै निर्णय नभएकोले सो सम्बन्धि कुनै पनि कार्य ( रुख काट्ने फाड्ने) नगर्नु नगराउनु हुन सम्वन्घित सबैलाई जानकारी गराईसकिएको र भर्ममा नपर्नु हुन अनुरोध छ भन्दै स्पष्टिकरण दिनुपरेको छ र तालिम बाट जनप्रतिनिधीले के सिके भन्ने कुरामा तत्कालै प्रश्नचिन्ह खडा भएको छ।”

बेला बेलामा महानगरको आफ्नै निती तथा कार्यक्रमलाई असर पर्ने गरि वडाहरुले दिने सुचना र सिफारिसले महानगरले आफ्नो कार्यक्रमहरुलाई कसरी प्रतिफलमुखी बनाउॅंछ भन्ने प्रश्न उठिरहेको छ। वडाअध्यक्ष हरुले आफ्नो काम , कर्तव्य र अधिकार को बारेमा जानकारी नभई अज्ञानता बस यस्ता निर्णय र सुचना प्रकाशित गरिरहेको छन् वा लापरबाही गरिरेका छन् र आगामी दिनमा नगरप्रमुख धनराज आचार्यले यस्ता सुचना , सिफारिस र वडाअध्यक्ष हरुलाई जवाफदेहि बनाउन कसरी नियन्त्रिय स्थानिय सरकार चलाएर प्रतिफल आउने गरि आफ्नो कार्यकाल पुरा गर्ने छन् भने हेर्न बाकी नै छ।

कमल लामिछाने, पोखरा ३१ वेगनासताल

Previous Post

लेखनाथमा ३२५ वर्ष पुरानो भीमसेनथान पुनर्निर्माण

Next Post

निर्मााणधीन घरको सर्भे गर्न गएका इन्जिनियरको लिफ्टबाट खसेर ज्यान गयो

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post

निर्मााणधीन घरको सर्भे गर्न गएका इन्जिनियरको लिफ्टबाट खसेर ज्यान गयो

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?