निर्मााणधीन घरको सर्भे गर्न गएका इन्जिनियरको लिफ्टबाट खसेर ज्यान गयो
पोखरा, १६ माघ – पोखरा ६ लेकसाइडमा बनाउँदै गरेको घरको लिफ्टबाट खसेर एक जना ईञ्जिनियरको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर–६ स्थित चिनिमाया भण्डारीको बन्दै गरेको घरको लिफ्टबाट खसेर पोखरा–८ रत्नचोकका ३७ वर्षिय ईञ्जिनियर प्रविण भट्टराईको मृत्यु प्रहरीले जानकारी दिएको छ ।
निर्माणाधीन घरको तातोपानीको सर्भे गर्न गएका भण्डारी नापजाँच गर्ने क्रममा दिउँसो १ बजे घरको पाँचौ तलाबाट खसेर गम्भीर घाईते भएका थिए ।
घाईते ईञ्जिनियर भण्डारीलाई तत्कालै उद्धार गरेर गण्डकी मेडिकल कलेज लगिएपनि दिउँसो २ः२७ बजे उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ ।
Discussion about this post