माघ १५, लेखनाथ ।
नेवार समुदायका ईष्टदेव भीमसेनको सम्झनामा पोखरा महानगरपालिका वडा नम्बर २६ र २७ को सिमाना भित्री अर्घौ बजारको बिच बाटोमा रहेको ३ सय २५ वर्ष पुरानो भीमसेन थानको मन्दिर पुनर्निर्माण गरिएको छ।
गण्डकी प्रदेश क्षेत्रकै पुरानो र ऐतिहासिक महत्व बोकेको मन्दिरको उचित संरक्षण नहुँदा जीर्ण बन्दै गएको थियो। २०७२ सालको भुकम्पले समेत क्षती पुर्याएको भीमसेनथानको मन्दिरलाई अहिले करिब ३३ लाख ५५ हजार पाँच सय ५८ को लागतमा पुनर्निर्माण गरिएको हो ।
मन्दिर निर्माण समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष नरेन्द्र थापाले अनावरण गरेका थिए । पुननिर्मित मन्दिरको अनावरण गर्दै अध्यक्ष थापाले हाम्रो सम्पति भनेकै हाम्रो मौलिक कला, संस्कृति र यहाँका मठमन्दिर भएकाले यिनको उचित रुपले संरक्षण गरी पुर्खाले दिएको चिनोलाई भावी पुस्तालाई सकुशल बुझाउनुपर्ने सुझाव दिएका थिए ।
Discussion about this post