माघ १५, पोखरा – पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको अभियोगमा मुख्य आरोपी संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबि) राई विरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी गरेको छ ।
उनीसँगै वर्तमान अध्यक्ष थानबहादुर बुढा मगर र पूर्व अध्यक्ष भूपेन्द्र राईविरुद्ध पनि डिफ्यूजन नोटिस जारी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सहकारीको रकम हिनामिनासम्बन्धी मुद्दामा कास्की प्रहरीले डिफ्युजन नोटिसको प्रक्रिया अघि बढाइदिन प्रहरी प्रधान कार्यालयलाई गत महिना अनुरोध गरेको थियो ।
सो बमोजिम इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंले डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोलको महासचिवालयलाई पत्राचार गरेको थियो ।
Discussion about this post