लेखनाथ, १३ माघ । १९ औं संस्करणको लेखनाथ महोत्सवको समिक्षा कार्यक्रम शनिबार सम्पन्न भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा गत पुष ५ गते देखि १६ गते सम्म आयोजीत महोत्सवलाई सफल बनाउनका लागी गठित निर्देशक समिति, सल्लाहकार समिति र कार्यसम्पादन समिति एवं उपसमिति संयोजकहरुविच समिक्षा गरिएको हो ।
कार्यक्रममा संघका अध्यक्ष विनोद श्रेष्ठले महोत्सव ऐतिहासिक रुपमा सफल भएको यसलाई सफल बनाउन आ–आफ्नो ठाउँमा रहेर जिम्मेवारीपुर्वक खट्ने सम्पुर्णमा आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै साथ, सहयोग र सर्मथनको लागी आग्रह गरेका थिए ।
उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं संघका पुर्वअध्यक्ष बाबुराम गिरी, पुर्वअध्यक्षहरु बलराम ढकाल, कृष्णहरी भण्डारी, लक्ष्मीप्रसाद त्रिपाठी लगायतले मुलुकको शिथिल आर्थिक अवस्थाका विच पनि महोत्सव सफल भएको र यसको उचाई कसरी कायम राखिरहन सकिन्छ भन्ने विषयमा सबैले सोच्नुपर्ने वताएका थिए ।
महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन तथा उप–समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले महोत्सवका विषयमा विभिन्न व्यवसायीक प्रतिष्ठानहरुबाट समेत राम्रो प्रतिक्रिया मिलेको प्राप्त उपलब्धीहरुलाई परिमार्जत र उपयोगितामुलक बनाउँदै लैजानुपर्ने वताएका थिए ।
महोत्सवलाई आगामी दिनमा अझै सफल बनाउन विभिन्न उप–समितिका संयोजकहरुबाट अत्यन्त सकारात्मक सुझावहरुसमेत मिलेको संघका प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी राजु ले वताए । संघंका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव जानुका पराजुलीले गरेकी थिईन ।
Discussion about this post