लेखनाथ, १३ माघ । पोखरा–२७ तालचोकमा शनिबारबाट शुलभ बजार तालचोक मण्डी सञ्चालनमा आएको छ । बजारको एक समारोहका विच हास्य कलाकार जोडी दिपक राज गिरी र दिपाश्री निरौलाले संयुक्त रुपमा उद्घाटन गरेका छन ।
बजारको उद्घाटन गर्दै कलाकार दिपकराज गिरीले सम्भावनाको खोजी गर्दै अधिकांश युवाहरु विदेश पलायन भईरहेको अवस्थामा स्वदेशमै केही गरौं भन्ने उद्धेश्यले बजार सञ्चालनमा ल्याएकोमा सञ्चालकहरुलाई सफलताको शुभकामना व्यक्त गर्दै यसले धेरै कृषकहरुको भावनालाई सम्बोधन गर्दै उनीहरुको उत्पादनलाई बजारीकरण गर्नुका साथै उपभोक्ताहरुको लागी पनि नाम जस्तै शुलभ बन्न सकोस भन्ने शुभेच्छा व्यक्त गरेका थिए ।
यस्तै कलाकार दिपाश्री निरौलाले बजार सञ्चालनमा आएकोमा बधाई र शुभकामना व्यक्त गर्दै सर्वसुलभ रुपमा स्वच्छ र ताजा फलफुल तरकारी उपलब्ध हुने विश्वास व्यत्त गरिन ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले स्थानिय कृषकहरुको उत्पादनलाई बजारीकरण गर्ने थलोको रुपमा वजार स्थापित गरिएकोमा शुभकामना व्यक्त गर्दै अर्गानिक उत्पादनहरुलाई जोड दिन आग्रह गरेका थिए ।
वडा नं. २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले स्थानियस्तरमा कृषकहरुले गरेका उत्पादनलाई उचित तवरले व्यवस्थापन गर्न आग्रह गर्दै स्वच्छता र स्वस्थता कायम गर्ने विषयमा महानगरपालिकाले समेत निकट भविष्यमा मापदण्ड तय गर्ने वताएका थिए ।
उक्त अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले अधिकांश कृषि उपजहरु आयात गर्नुपर्ने अवस्था रहेकोमा स्थानिय कृषकहरुलाई प्रर्वद्धन गर्ने उद्धेश्यले खोलीएको बजारबाट कृषक एवं उपभोक्ता दुवै लाभान्वित हुने विश्वास व्यक्त गरेका थिए ।
सहभागीहरुलाई स्वागत गर्दै सञ्चालक प्रमोद भण्डारीले रुपा गाउँपालिका देखी बेगनास, माझठाना, वरपौवा सम्मका कृषकहरुलाई ढुवानीदेखी उत्पादनको भुक्तानीसम्मका प्रक्रियामा सहज हुने गरि उपयुक्त स्थान चयन गरिएको र उपभोक्ताहरुलाई समेत पायक पर्ने दावी गरेका थिए ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै अध्यक्ष बिरभद्र कँडेलले बजारको स्थापनाले साविक लेखनाथ, रुपा गाँउपालिका, मादी गाउँपालिकाका कृषहरुको उत्पादनलाई बजारीकरण गर्ने मौका प्राप्त भएको र निरन्तर रहने अपेक्षा गरे । उनले मुलुकको बिग्रदो अर्थतन्त्र, युवाहरुको वढ्दो बिदेश पलायनको अवस्थामा पनि ईच्छा, आकांक्षा र जाँगर चलाउने हो भने स्वदेशमै केही गर्न सकिने वताएका थिए ।
स्थानिय ६ जना व्यवसायीहरु मिलेर ५० लाखको लगानीमा सञ्चालनमा ल्याईएको बजारमा कुल २७ वटा सटरहरुबाट ताजा तरकारी, फलफुल, माछा मासु लगायत विभिन्न कृषि उत्पादनहरुको खरिद तथा विक्रि गरिने प्रबन्ध निर्देशक थिरभद्र कँडेलले जानकारी दिए ।
Discussion about this post