• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

पहेँलो कपडाको ब्यानरले चिनाएको लेखनाथ महोत्सव

Lekhnath Khabar by Lekhnath Khabar
December 12, 2023
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
283
VIEWS
Share on FacebookShare on Twitter

 

सचिन रानाभाट
लेखनाथ, मंसिर २६
लेखनाथ, पोखरा, तनहुँ तथा लम्जुङ्गको सिमाना देखि गाउँ घरका सडक किनार तथा बिजुलीका पोलहरुमा पहेँलो कपडामा रातो रंगले “लेखनाथ महोत्सव” लेखेको देखेपछी लेखनाथमा महोत्सव सुरु हुँदैछ भनेर सहजै अनुमान गर्न सकिन्थ्यो। किनकी त्यो बिल्कुलै नयाँ र फरक शैलिको प्रचार शैली थियो र आज सम्म पनि निरन्तर नै रहेको छ।

लेखनाथ उद्योग वाणिज्य संघले बि सं २०५८ सालमा सुन्तला प्रदर्शनी गरेर महोत्सवको सुरुवात गरेको थियो। बि सं २०६० साल देखि लेखनाथ १ भण्डारढिकमा ‘लेखनाथ महोत्सव’ को आयोजना गर्दै त्यसलाई निरन्तरता दिदैं अहिले १९ औं संस्करण सम्म आईपुगेको छ।

तत्कालिन महोत्सवहरुको प्रचार प्रसार गर्न माईकिङ्ग पर्चा तथा कपडा ब्यानरमा लेखेर प्रचार गर्ने चलन हुन्थ्यो। संघले प्रचार प्रसार शैली परिवर्तन संगै पहेँलो व्यानरको शुरूवात भने बि सं २०६२ साल देखि गरेको हो। त्यस समय अघि निलो व्यानरमा सेतो तथा रातो व्यानरमा सेतो रंगको प्रयोग गरेर प्रचार प्रसार गरेको संघका पुर्व अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी वताउँछन ।

उनि भन्छन् – त्यो बेला कर्माचार्य ग्रुपको ‘कोसेली’ तेल निकै चर्चित थियो, उसको पहेँलो रंगको व्यानर बाट उत्प्रेरित हुँदै लेखनाथ महोत्सवले सैनिक आर्ट्स बाट पहेँलो ब्यानरमा स्क्रिन प्रिन्टको माध्यमबाट प्रचार प्रसार शुरु गरेको हो । आजको मिति सम्म आईपुग्दा पोखरा लगायत देशका अन्य मेला महोत्सवहरुले उक्त प्रचार शैली अपनाएको त्रिपाठी वताउँछन ।

स्थानीयहरु भन्छन केही बर्ष पहिले हातमा फोन अनि ईन्टरनेटको सुबिधा थिएन, नजिकै भएपनी मेला महोत्सव बारे जानकारी लिन रेडियो सुन्ने तथा पत्रपत्रिका हेर्नुपर्दथ्यो, त्यो सबैको पहुँचमा थिएन। सामान्यतया मुख्य चाडवाड सकेपछी महोत्सवहरुको सिजन हुन्थ्यो। हामीले महोत्सव हुँदैछ भनेर त्यो पहेँलो कपडामा रातो अक्षरले लेखेको ब्यानर टाँगिएको देखेर सजिलै ठम्याउन सक्थ्यौं ।

“महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन बिकास र समृद्धि“ भन्ने नाराका साथ १९ औं संस्करणको लेखनाथ महोत्सव यहि पौष ५ गते देखि १६ गरे सम्म पोखरा २७ डांडाकोनाकमा हुँदैछ ।

 

Previous Post

टोलस्तरीय खेलकुद कपमा क्वार्टरफाईनलका खेल सम्पन्न

Next Post

‘लेखनाथ महोत्सवले मौलीक संस्कृतिको जर्गेना गरेको छ’–संयोजक बुद्धिमाया मगर

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

Next Post
‘लेखनाथ महोत्सवले मौलीक संस्कृतिको जर्गेना गरेको छ’–संयोजक बुद्धिमाया मगर

'लेखनाथ महोत्सवले मौलीक संस्कृतिको जर्गेना गरेको छ'–संयोजक बुद्धिमाया मगर

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?