लेखनाथ, २४ पुस ।
पोखरा–२९ भण्डारढिकमा टोलस्तरीय फुटबल प्रतियोगिता ‘वडास्तरीय खेलकुद कप २०८०’ शनिबारबाट शुरु भएको छ । पोखरा महानगरपालिका वडा नं. २९ द्धारा आयोजित प्रतियोगिताको एक समारोहका विच संघिय सांसद मन बहादुर गुरुङ्गले उद्घाटन गरेका हुन । प्रतियोगिताको उद्घाटन गर्दै सांसद गुरुङले खेलकुदको माध्यमबाट देशको गरिमा अन्र्तराष्ट्रिय स्तरमा समेत उँचो भएको वताउँदै यसको विकासमा राज्यले ध्यान पुर्याउनुपर्ने वताएका थिए ।
उनले वडाले गरेको कार्यको प्रशंसा गर्दै यसको माध्यमबाट आगामी दिनमा अन्र्तराष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन हुन सकुन भन्ने शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी ‘राजु’, नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव विष्णु पुन, ङयोए तमु धिं लेखनाथका अध्यक्ष मेजर रामप्रसाद गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।
प्रतियोगिताका मुल संयोजक एवं वडाध्यक्ष श्रीप्रसाद गुरुङले शिक्षा, स्वास्थ्य र खेलकुदलाई वडाले पहिलो प्राथमिकतामा राखेको र प्रतियोगिताको माध्यमबाट वडाभित्रको शसक्त टिम तयार गरी राष्ट्रियस्तरका खेलाडीहरु उत्पादन गर्ने वडाको लक्ष्य रहेको वताए । प्रतियोगितामा टिम छनोट गर्दा जन्म दर्ता र टोल विकास संस्थाको सिफारिसका आधारमा १७ वर्ष मुनिकालाई मात्र समावेश गरिएको वढाध्यक्ष गुरुङले वताए ।
प्रतियोगिता अन्र्तगत शनिबार सम्पन्न खेलमा नमुना टोल विकास संस्था ‘ए’ र गणेश टोल विकास संस्था ले विजयी शुरुवात गरेका छन । पहिलो खेलमा निर्धारित समयमा कुनै समुहबाट पनि गोल हुन नसकेपछि भएको टाईब्रेकरमा गणेश टोल विकास संस्थालाई ४–३ को गोलअन्तरले पराजित गर्दै नमुना टोल विकास संस्था ‘ए’ ले विजयी शुरुवात गरेको हो । दोश्रो खेलमा गणेश टोल विकास संस्था ले नौविसे टोल विकास संस्थालाई ३–० को गोल अन्तरले पराजित गरेको छ ।
यस्तै आईतबार सम्पन्न पहिलो खेलमा सिद्ध टोल विकास संस्थाले नयाँ वस्ती टोल विकास संस्थालाई ४–२ को गोल अन्तरले पराजित गरेको छ भने दोश्रो खेलमा मिलिजुली टोल विकास संस्थाले जनप्रकाश टोल विकास संस्था लाई ४–२ को गोल अन्तरले पराजित गरेको छ ।
सोमबार पहिलो खेल नौबिसे ओख्लेडाँडा टोल विकास संस्था ‘बि’ र भण्डारढिक टोल विकास संस्था विच हुनेछ भने दोश्रो खेल नौविसे ओख्लेडाँडा टोल विकास संस्था ‘सि’ र नमुना टोल विकास संस्था ‘बि’ विच हुने वडा सदस्य एवं वडास्तरीय खेलकुद विकास समितका अध्यक्ष कालिदास पोख्रेलले जानकारी दिए ।
पुस ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल १२ टिमको सहभागीता रहनेछ भने प्रतियोगितामा विजेता हुने टिमले नगद रु ३० हजार, साथमा शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ भने उप–विजेताले नगद रु २० हजार, शिल्ड, मेडल र प्रमाण पत्र, तृतीय हुने टिमले नगद रु १५ हजार, शिल्ड, मेडल र प्रमाण पत्र र सान्त्वना हुने टिमले नगद रु १० हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यस्तै सहभागी सम्पुर्ण टिमलाई नगद रु ५ हजार प्रदान गरिनुका साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट गोलकर्ता र अनुशासीत टिमलाई समेत पुरस्कृत गरिनेछ ।
https://www.facebook.com/lekhnathkhabar/videos/1011807663261464
Discussion about this post