• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

निर्धक्क भएर महोत्सवको अवलोकन गर्न आउनुस, सुरक्षा व्यवस्था मजबुद बनाईनेछ : संयोजक बस्ताकोटी

Ramsharan Nepali by Ramsharan Nepali
December 10, 2023
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
99
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली / लेखनाथ, २४ मंसिर । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको १९ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवको पनि महोत्सवको रुपमा चर्चा कमाएको लेखनाथ महोत्सवको १९ औं संस्करणमा पनि सुरक्षा व्यवस्था मजबुद बनाईने भएकाले ढुक्क भएर महोत्सवको अवलोकन गर्न आउन महोत्सवका सुरक्षा व्यवस्थापन उप–समितिका संयोजक हरि बस्ताकोटीले आग्रह गरेका छन ।

‘‘धेरै मानिसहरुको आवतजावत एवं उपस्थीती हुने भएकाले त्यसलाई मध्यनजर गरेर हामीले सुरक्षा व्यवस्थालाई पहिलो प्राथमिकतामा राखेका छौं । सँगै स्टलमा रहने सामानहरुको पनि सुरक्षा अति जरुरी छ । त्यसैले स्थानिय प्रहरी प्रशासन, सेक्युरीटी कम्पनी र सुरक्षा समिति समेत परिचालन गरेर सुरक्षाकोे व्यवस्था मजबुद बनाईने भएकाले निर्धक्क भएर महोत्सवको अवलोकन गर्न आउन हार्दिक निमन्त्रणा गर्दछौं’’–संयोजक बस्ताकोटीले भने ।

महोत्सवमा सुरक्षालाई भरपर्दो बनाउन ४०÷४५ स्थानमा सिसि क्यामेरा जडान गरिनेछ भने हुन सक्ने सम्भावित दुर्घटनाहरुलाई ख्याल गर्दै प्राथमिक उपचारको लागी स्वास्थ्यकर्मिहरु सहितको स्टल रहनेछ भने एम्बुलेन्स समेत तयारी अवस्थामा राखीनेछ । कतिपय अवस्थामा सुरक्षाका विषयमा स्वयम आफैं पनि संवेदनशिल हुनुपर्ने वताउँदै भिडभाडको अवस्था पनि हुने भएकाले नक्कली वा सक्कली गरगहनाहरु धेरै नलाउन समेत संयोजक बस्ताकोटीले आग्रह गरे ।

महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु, विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामाग्री, सुचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु समावेश गरिएको र यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयां प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने संघका अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।

यहि पुष ५ गतेदेखी १६ गतेसम्म सञ्चालन हुने महोत्सव सम्पन्न गर्नका लागी ९ सदस्यीय निर्देशक समिति, ४१ वटा उप–समिति र १ सय २० सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ । हाल शिथिल अवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमान बनाउदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरि यस क्षेत्रको आर्थिक गतिविधि बढाउने र आन्तरिक एंव बाह्य पर्यटकहरुलाई आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पु¥याउने प्रचार प्रसार समितिका संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले वताए ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने १९ औं संस्करणको महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा पशुपति बिस्कुट र हेटौंडा डेरी, फुड फेस्टीभल प्रायोजकमा न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन तथा उप–समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।

Previous Post

महोत्सव सफल पार्न कस्सिए आमा समूह

Next Post

पोखरा–२९ मा ‘टोलस्तरीय खेलकुद कप’ शुरु

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
पोखरा–२९ मा ‘टोलस्तरीय खेलकुद कप’ शुरु

पोखरा–२९ मा 'टोलस्तरीय खेलकुद कप' शुरु

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?