• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

महोत्सव सफल पार्न कस्सिए आमा समूह

Ramsharan Nepali by Ramsharan Nepali
December 8, 2023
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
251
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २२ मंसिर । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको १९ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवलाई मध्यनजर गर्दै यस क्षेत्रमा रहेका संघसंस्था तथा महिला/आमा समूहको शुक्रबार बसेको भेलाले महोत्सव सफल पार्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।

भेलामा बोल्दै संघका पुर्वअध्यक्ष एवं महोत्सवका निर्देशक चतुराखर अधिकारीले लेखनाथ महोत्सव नेपालकै उत्कृष्ट महोत्सव भएको दावी गर्दै महिला आमा समुहहरुको सक्रियताका कारण लेखनाथ महोत्सवले उचाई हासिल गरेको वताउँदै आगामी दिनमा यस्तै साथ सहयोग पाउने विश्वास व्यक्त गरेका थिए ।

यस्तै पोखरा महानगरपालिका कार्यपालिका सदस्य निर्मला पौडेलले लेखनाथ हाम्रो पहिचान भएको र यसलाई जोगाउने एक मात्र संस्था लेखनाथ उद्योग वाणिज्य संघ र लेखनाथ महोत्सव भएको वताउँदै १९ औं संस्करणको लेखनाथ महोत्सवलाई एक मन र एकताका साथ सफल बनाउन महिला दिदिबहिनीहरुले सहयोग पुर्याउनुपर्ने वताएकी थिईन ।

महिला समुहहरुको तर्फबाट बोल्दै पार्वती थापाले लेखनाथ महोत्सवलाई सभ्य र भव्य रुपमा सफल पार्नुपर्ने वताउँदै महिलाहरुको उद्यमशिलताको विकास, क्षमता अभिवृद्धि, आयआर्जन लगायतका विषयमा विगतका दिनमा पनि संघल पहल गर्दै आईरहेको र आगामी दिनहरुमा यसतर्फ महिला दिदि बहिनीहरुले चासो बढाउनुपर्ने समेत वताएकी थिईन ।

भेलाका सहभागीहरुले महोत्सवमा महिला/आमा समुहहरुको सक्रियता उल्लेख्य हुने गरेको र संघले पनि त्यसलाई अझै व्यवस्थीत बनाउनुपर्नेमा जोड दिएका थिए । अधिकांशले मातृशक्तीको सम्मानमा आयोजना गरिने कार्यक्रम रत्यौली प्रतियोगिता अलि तामझामपुर्ण र भड्किलो बन्दै गएकोमा यसतर्फ आयोजकले ध्यान दिनुपर्ने वताएका थिए ।

संघका अध्यक्ष एवं महोत्सवका मुल संयोजक विनोद श्रेष्ठले भेलामा उठेका सुझावहरुलाई मनन गर्दै यसपालीको रत्यौली प्रतियोगितामा गित, भेषभुषा र प्रस्तुतीको आधारमा मुल्याड्ढन हुने र त्यसमा बाजा गाजा लगायतका कुराहरु स्वेच्छीक हुने र त्यसको आधारमा अंक नदिईने वताएका थिए । उनले महिला दिदिबहिनीहरुका उत्पादनहरु प्रर्दशन एवं विक्रिका लागी महोत्सवमा ४ वटा निशुल्क स्टलको व्यवस्था गरिएको वताउँदै त्यसको लाभ लिन समेत आग्रह गरेका थिए ।

कार्यक्रममा झाँकी र्याली व्यवस्थापन उप–समितिकी संयोजक एवं पोखरा महानगरपालिका वडा नं. २७ की वडा सदस्य बुद्धिमाया मगरले महोत्सवले सम्पुर्ण जातजाती, भाषा भाषी एवं समुदायका मानिसलाई एकैथलोमा जम्मा गरेर मौलीक संस्कार र संस्कृतिको जर्गेना गर्ने काम गरेको वताउँदै यसपाली महोत्सवमा झाँकी र्याली अझै व्यवस्थीत गरिनुका साथै विगतका योगदानलाई अझै कदर गर्ने प्रयास गरिएको वताएकी थिईन ।

संघका सल्लाहकार एवं महिला/आमा समुह परिचालन उप–समितिका संयोजक सन्ध्या दाहालको अध्यक्षतामा बसेको कार्यक्रमको सञ्चालन संघकी महासचिव जानुका पराजुलीले गरेकी थिईन भने धन्यवाद ज्ञापन रत्यौली कार्यक्रमकी संयोजक एवं महिला उद्यमी उप–समितिकी संयोजक गंगा कुमारी मल्लले गरेकी थिईन ।

यहि पुष ५ गतेदेखी १६ गतेसम्म सञ्चालन हुने महोत्सव सम्पन्न गर्नका लागी ९ सदस्यीय निर्देशक समिति, ४१ वटा उप–समिति र १ सय २० सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ । हाल शिथिल अवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमान बनाउदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरि यस क्षेत्रको आर्थिक गतिविधि बढाउने र आन्तरिक एंव बाह्य पर्यटकहरुलाई आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पु¥याउने प्रचार प्रसार समितिका संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले वताए ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने १९ औं संस्करणको महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा पशुपति बिस्कुट र हेटौंडा डेरी, फुड फेस्टीभल प्रायोजकमा न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन तथा उप–समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।

Previous Post

लेखनाथ महोत्सवमा चित्रकला प्रतियोगिता हुने

Next Post

निर्धक्क भएर महोत्सवको अवलोकन गर्न आउनुस, सुरक्षा व्यवस्था मजबुद बनाईनेछ : संयोजक बस्ताकोटी

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
निर्धक्क भएर महोत्सवको अवलोकन गर्न आउनुस, सुरक्षा व्यवस्था मजबुद बनाईनेछ : संयोजक बस्ताकोटी

निर्धक्क भएर महोत्सवको अवलोकन गर्न आउनुस, सुरक्षा व्यवस्था मजबुद बनाईनेछ : संयोजक बस्ताकोटी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?