लेखनाथ २४ मंसिर – पोखरा २६ सुन्दरी बजारमा आईतवार सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।
पोखरा म.न.पा.वडा नं.२५ हेम्जा बस्ने बर्ष २३ की अनिशा खड्का र पोखरा म.न.पा. ५ जिरो बस्ने बर्ष अं. २४ की भावना बरालको मृत्यु भएको प्रहरीले बताएको छ।
दुवै जनाको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उनीहरु दुवै जना गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी रहेको कास्की ट्राफिक प्रहरी प्रमुख भानु शर्माले जानकारी दिए ।
आईतवार अपराह्न ४:१५ बजे बि ए ए ००४१ नं को कारले ग १३ प ३५७८ नं को स्कुटरलाई ठक्कर दिंदा सो दुर्घटना भएको हो ।
दुर्घटना पश्चात् कार चालक अघौं घर भएका मानबहादुर बानियाँलाई ईलाका प्रहरी कार्यालय डाडाकोनाकले नियन्त्रणमा लिएको छ।
Discussion about this post