• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेउवा संघ निर्वाचन : मतगणना जारी (राती ८ः०० बजे सम्म)

Ramsharan Nepali by Ramsharan Nepali
September 10, 2023
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
134
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली
लेखनाथ २३ भदौ ।
लेखनाथ उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारण सभा तथा १४औं अधिवेशन अन्र्तगत शनिबार सम्पन्न मतदानको मतगणना जारी छ । कुल खसेको मत १ हजार ७ सय ११ मध्ये १ हजार २ सय २० मत गनिसक्दा अध्यक्ष पदका उम्मेद्वार विनोद श्रेष्ठ ले ६ सय १० मत प्राप्त गर्दै ३६ मतको अन्तरले अग्रता कायम राखेका छन भने उनका प्रतिष्पर्धी भरतकुमार अधिकारीले ५ सय ७४ मतका साथ उनलाई पछ्याईरहेका छन । मतगणनाको प्रारम्भमा लगाधार अधिकारीले अग्रता कायम गरेका थिए भने ९ सय १८ मत गनिसक्दा श्रेष्ठले मतान्तर वढाउँदै अधिकारीलाई पछि पारेका हुन ।

यस्तै वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्र ओझाले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन । उनले ६ सय ८९ मत ल्याउँदा उनका प्रतिष्पर्धी ऋषिराम जमरकट्टेलले ४ सय ८८ मतका साथ ओझालाई पछ्याईरहेका छन । उनीहरु विचको मतान्तर २ सय १ पुगेको छ । प्रथम उपाध्यक्षमा ६ सय ३३ मतका साथ उपेन्द्रराज सुवेदी(राजु) ले ८२ मतले गोपिचन्द्र बाँस्तोलाई पछि पार्दै अग्रता कायम गर्न सफल भएका छन । बाँस्तोलाले ५ सय ५१ मतका साथ सुवेदीलाई पछ्याईरहेका छन ।

संघको द्धित्तीय उपाध्यक्ष पदमा विक्रम कर्माचार्यले ६ सय १० मतका साथ अग्रता कायम गर्न सफल भएका छन भने उनका प्रतिष्पर्धी मेनुका श्रेष्ठले ५ सय ७४ मतका साथ कर्माचार्यलाई पछ्याईरहेकी छिन । महासचिवमा जानुका अधिकारी पराजुलीले फराकिलो मतको अन्तरले प्रतिद्धन्दी जिवन तिवारीलाई पछि पारेकी छिन । पराजुलीले ६ सय ८९ मत ल्याउँदा तिवारीले ४ सय ८८ मतका साथ पछ्याईरहेका छन ।

यस्तै उप–महासचिव पदमा भरतराज ओझाले ६ सय ५२ मत ल्याउँदै भिम बहादुर सार्की (काईंला) लाई १ सय २३ मतको फराकीलो अन्तरले पछि पारेका छन । काईलाले ५ सय २९ मतका साथ पछ्याईरहेका छन । कोषाध्यक्षमा ध्रुव बाबु भट्टराई (आई.डि.) ले ६ सय ९ मत ल्याउँदा उनका प्रतिद्धन्दी पुष्पमणी भण्डारीले ५ सय ६३ मत ल्याएका छन ।

संघको २ महिला सदस्यको लागि भएका मतदानमा प्रतिक्षा रानाभाट र प्रभा कुमारी पौडेलले क्रमशः ५ सय २६ र ५ सय १४ मतका साथ अग्रता वढाएका छन भने सुमित्रा बञ्जरा र जमुना गिरीले क्रमशः ४ सय ६८ र ३ सय ३६ मतका साथ पछ्याईरहेका छन ।

संघको ८ खुल्ला सदस्य पदका लागी १६ जनाको उम्मेद्वारी परेको थियो । जसमध्ये पछिल्लो मतपरिणाम अनुसार अर्जुन भण्डारी ६ सय ४२, गंगा कुमारी मल्ल ५ सय ५३, भविन्द्र पुन (भविन) ४ सय ४१, भरत थापा ४ सय ७५, भुवानीप्रसाद पौडेल ३५४, ई.बिजय न्यौपाने ४९८, बिन्दुचन्द्र बराल ३ सय ९४, बिरेन्द्र बानिया ३ सय ३१, बिरेन्द्र राज भुर्तेल ३ सय ३९, हरि बस्ताकोटी ४ सय ७६, खेमराज बराल ४ सय ८१, कृष्ण प्रसाद सुवेदी ४ सय ३४, लक्ष्मी प्रसाद ढुङ्गाना (एल पि) ४ सय ५४, राजन कल्याण वड्गामी ३ सय ७४, सुर्य प्रकाश ढुङ्गाना (एस पि) ३ सय ९९ र टिकाराम सापकोटा ४ सय ६८ मतका साथ विजयी हुने दौडमा रहेका छन ।

Previous Post

लेउवा संघ निर्वाचन, १७११ मत खस्यो

Next Post

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा बिनोद श्रेष्ठ विजयी

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा बिनोद श्रेष्ठ विजयी

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा बिनोद श्रेष्ठ विजयी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?