• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा बिनोद श्रेष्ठ विजयी

Ramsharan Nepali by Ramsharan Nepali
September 10, 2023
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
329
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली
लेखनाथ २३ भदौ ।
लेखनाथ उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारण सभा तथा १४औं अधिवेशन अन्र्तगत नयाँ नेर्तत्व चयनका लागी भएको निर्वाचनमा बिनोद श्रेष्ठ विजयी भएका छन । उनले आफ्ना निकटतम प्रतिद्धन्दी भरतकुमार अधिकारीलाई ९४ मतले पछि पारेका हुन । विजयी श्रेष्ठले कुल १ हजार ७ सय ११ मतमध्ये ८ सय ८१ मत प्राप्त गरेका थिए भने अधिकारीले ७ सय ८७ मत प्राप्त गरेका थिए ।

यस्तै वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्र ओझाले २ सय ८० को फराकिलो मतान्तरले उनका प्रतिष्पर्धी ऋषिराम जमरकट्टेललाई पराजित गरेका छन । ओझाले ९ सय ७० मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी जमरकट्टेलले ६ सय ९० मत प्राप्त गरेका थिए । प्रथम उपाध्यक्षमा ८ सय ९६ मतका साथ उपेन्द्रराज सुवेदी(राजु) ले १ सय २२ मतले गोपिचन्द्र बाँस्तोलालाई पछि पार्दै विजयी भएका छन । बाँस्तोलाले ७ सय ७४ मत प्राप्त गरेका थिए ।

संघको द्धित्तीय उपाध्यक्ष पदमा विक्रम कर्माचार्यले ६ मतको झिनो अन्तरले प्रतिष्पर्धी मेनुका श्रेष्ठलाई पराजित गरेका छन । कर्माचार्यले ८ सय ३७ मत प्राप्त गरेका थिए भने श्रेष्ठले ८ सय ३१ मत प्राप्त गरेकी थिईन । महासचिव पदमा संघको ईतिहासमै पहिलो पटक महिला पदाधिकारी बनेर ईतिहास रचेकी जानुका अधिकारी पराजुलीले यस पटक पनि पुनः बाजी मारेकी छिन । १ सय ७७ मतको फराकिलो मतको अन्तरले प्रतिद्धन्दी जिवन तिवारीलाई उनले पछि पारेकी छिन । पराजुलीले ९ सय २९ मत ल्याउँदा तिवारीले ७ सय मत प्राप्त गरेका थिए ।

यस्तै उप–महासचिव पदमा भरतराज ओझाले ९ सय १२ मत ल्याउँदै भिम बहादुर सार्की (काईंला) लाई १ सय ६० मतको फराकीलो अन्तरले पछि पारेका छन । काईलाले ७ सय ५२ मत ल्याउँदा ओझाले ९ सय १२ मत ल्याएका थिए । कोषाध्यक्षमा ध्रुव बाबु भट्टराई (आई.डि.) ले ८ सय ३७ मत ल्याउँदै उनका प्रतिद्धन्दी पुष्पमणी भण्डारीलाई जम्मा २० मतको अन्तरले पराजित गरेका छन । भण्डारीले ८ सय १७ मत प्राप्त गरेका थिए ।

संघको २ महिला सदस्यको लागि भएको मतदानमा प्रतिक्षा रानाभाट र प्रभा कुमारी पौडेलले अग्रता कायम गरेका छन, उद्यपी मतगणनाको अन्तिम परिणाम भने आउन बाँकि नै छ । यस्तै संस्थागत सदस्य तर्फ विजय गुरुङ्ग विजयी भएका छन । संस्थागत तर्फ रहेका ५ मत मध्ये गुरुङ्गले ३ मत प्राप्त गरेका छन । उनी यस अघिको कार्यसमिति सदस्य समेत हुन । त्यस्तै एसोसिएट सदस्यमा प्रेम प्रसाद शर्मा यस अघि नै निर्विरोघ भएका थिए । संघको ८ खुल्ला सदस्य पदका लागी १६ जनाको उम्मेद्वारी परेको थियो । जसमध्ये पछिल्लो मतपरिणाम अनुसार अर्जुन भण्डारी, गंगा कुमारी मल्ल, भविन्द्र पुन, ई.बिजय न्यौपाने लगायतको अग्रता कायमै छ ।

Previous Post

लेउवा संघ निर्वाचन : मतगणना जारी (राती ८ः०० बजे सम्म)

Next Post

नेपाल बिद्यार्थी संघको रक्तदान सम्पन्न

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
नेपाल बिद्यार्थी संघको रक्तदान सम्पन्न

नेपाल बिद्यार्थी संघको रक्तदान सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?