लेखनाथ,१९ भदौ । लेखनाथ सामुदायिक सेवा केन्द्र एवंम सामुदायिक प्रहरी सेवाले चाडवाडको समयमा हुन सक्ने विक्रिती र विशंगतीका बारेमा दिदी बहिनी भेटघाट तथा प्रशिण कार्यक्रम संचालन गरेको छ ।
विशेष गरि तिजका आवसरमा हुने भोज,भतेर र गरहगना प्रदर्शनिलाई निरुत्साहीत गराउने उदेस्यले राखेको कार्यक्रमको सुभारम्भ गर्दै संघिय सांसद विद्या भटराईले महिलालाई अधिकारको क्षेत्र देखि सामाजिक क्षेत्रमा समेत पछि पार्ने प्रचलनलाई तोड्दै अव अधिकार मागेर होईन खोसेर लिनु पर्नेमा जोड दिएकी थिईन ।
सोही अवसरमा प्रशिक्षकको तर्फबाट शुष्मा पौडेलले समाजमा देखिएका विक्रिती विसंगतीका विरुद्धमा आवाज उठाउदै आएको कुरा बताउदै समाज सुधारका लागि पहिला आफुबाटै सुरु गर्नु पर्नेमा जोड दिएकी थिईन ।
सेवा केन्द्रका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बाबुराम गिरी,सामुदायिक सेवा केन्द्र जिल्ला समोन्वय समितिका अध्यक्ष भीम पराजुली,जिल्ला समोन्वय समितिकी वरिष्ठ उपाध्यक्ष सरिता कुमाल,सेवा केन्द्रका सस्थापक अध्यक्ष मोती गिरी,सल्लाहकार एल पी ढुगाना,लेखनाथ खानेपानी उपभोत्ता सस्थाका सचिव नारायणी भटराई लगाएतले आ आफनो धारणा राखेका थिए ।
सस्थाका सह सचिव दिपक भण्डारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष गंगा खनालले गरेकी थिईन भने धन्यवाद ज्ञापन निर्वतमान अध्यक्ष त्रिलोचन लामिछानेले गरेका थिए ।
Discussion about this post