लेखनाथ, १६भदौ । लेखनाथ नेवाः खलः को आव्ह्वान तथा भीमसेन नेवा खल पोखरा–३३ आपुभञ्ज्याङ्ग लामगादीको आयोजनामा गाईजात्रा महोत्सव एवम् छैटौं लेखनाथ स्तरीय तायामचा नृत्य प्रतियोगिता हुने भएको छ ।
बिभिन्न जातजातीको मौलिक संस्कृति नेपाल र नेपालीका लागि सम्पति भएको बताउँदै भीमसेन नेवा खल पोखरा–३३ आपुभञ्ज्याङ्ग लामगादीका अध्यक्ष लीलबहादुर श्रेष्ठले आइतवार आयोजना गरिएको पत्रकार सम्मेलनमा विभिन्न चाडवाड र धर्म सस्कृतिहरु अन्य मुलकका लागि उदाहरणीय र नेपालीका लागि एकताको प्रतीक भएको बताए ।
पत्रकार सम्मेलनमा लेखनाथ नेवा खलका अध्यक्ष भैरवलाल श्रेष्ठले हामीहरु मिलेर नै हाम्रो सस्कतिको रक्षा गर्ने हो भन्दै हाम्रो लेपाली सस्कृति जातीय आधारमा फरक भए पनि सारमा भने एउटै भएको उल्लेख गरे ।
यही भाद्र २० गते कृष्णजन्माष्टमीका दिन प्रतियोेगिता आयोजना गरिएको जानकारी दिईएको हो ।तायमचा नृत्य प्रतियोगितालाई निरन्तरता दिनुका साथै संस्कृति प्रतिको आर्कषण जगाउने, स्थानीय श्रोत साधन, उद्योग व्यवसाय, कला र सिपको प्रवद्र्धनमा योगदान पुर्याउने उदेश्यका साथ लाखे नाच,कुमारी नृत्य,धान रोपाई र धिमे बाजाको समेत प्रस्तुती रहने भएको छ ।
प्रतियोगित संचालनका लागि करिव नौ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगीतामा आठ समुहले भाग लिने अनुमान गरिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई तीस हजार ,द्धितियलाई २५ हजार,तृतियलाई २० हजार र सन्तवना हुनेलाई आठ हजार सार्थै उत्कृष्ठ परि र जोकरलाई दु्ई/दुई हजार प्रदान गरिने छ ।
कार्यक्रममा अर्धौ नेवाःखलका अध्यक्ष प्रकाशलाल श्रेष्ठ र सचिव बालगोपाल श्रेष्ठ लगाएतले नेवारी सस्कृतीका बारेमा जानकारी गराएका थिए ।
Discussion about this post