लेखनाथ । वातावरण र शिक्षाको क्षेत्रमा काम गर्दै आएको सिड फाउण्डेसन कास्की २० औं वर्षमा प्रबेश गरेको छ ।
विषेश गरि कास्कीका ग्रामिण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुका लागि पोशाक तथा विद्यार्थी प्रत्साहनका लागि खाजा कार्यक्रम देखि यहाँ रहेका ताल तलैयाको सरसफाई देखि वातावरण संरक्षणका अभियान संचालन गर्दै आएको सस्थाले समाज रुपान्त्रणमा युवाहरुको भुमिका विषयमा प्रशिक्षण तथा अन्तरक्रियको आयोजना गरेको हो ।
कार्यक्रममा प्रशिक्षक सुभास पौडेलले समाज सुधारका लागि पहिलो अभियान आफुवाट सुरु गर्दै टोल,गाउ र समुदाय हुदै सिङगो राष्ट्रलाई युवाले परिवर्तन गर्न सक्ने हुदाँ युवाहरु नेतृत्व लिनका लागि पछि पर्न नहुने सुझाव राखेका थिए ।
सिड फाउण्डेसन कास्कीका अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सस्थाका निर्देशक दामोदर भत्त थापाले सस्थाले गरेका काम र भविश्यमा गर्नु पर्ने कामका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३१ क वडा सदस्य विनोदमणि लामिछाने,सस्थाकी उपाध्यक्ष सुसिला गुरुङ र सह सचिव शिव घिमिरे लगाएतले सस्थाले समाजमा गरेका कामका वारेमा चर्चा गरेका थिए ।
Discussion about this post