• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेउवा संघको १४औं महाधिवेशन आजबाट

१९ पदका लागी ३६ जना चुनावी मैदानमा १ निर्विरोध

Lekhnath Khabar by Lekhnath Khabar
September 8, 2023
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
132
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली/लेखनाथ, २१ भदौ ।
लेखनाथ उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशन आजबाट शुरु हुँदैछ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले साधारण सभा उद्घघाटन गर्ने कार्यक्रम रहेको छ । पहिलो दिन उद्घाटन समारोह एवं बन्दसत्र हुने र भोलिपल्ट शनिबार निर्वाचन कार्यक्रम हुने निर्वाचन समितिले जनाएको छ । मतदान शनिबार संघको कार्यालय परिसर भण्डारढिकमा हुने महासचिव उपेन्द्रराज सुवेदी (राजु) ले जानकारी दिए ।

संघको नयाँ नेतृत्व चयनका लागि हुन लागेको १४ औं महाधिवेशनमा संघमा रहेका २० पदमध्ये १९ पदका लागी ३६ जना उम्मेद्वारहरु चुनावी मैदानमा छन । संघको एसोसियट सदस्यमा प्रेमप्रसाद शर्मा निर्विरोध भएका छन् । उक्त पदमा शर्माको मात्रै उम्मेदवारी परेको हो । विगतदेखी सहमतीको आधारमा नेर्तत्व चयन गर्ने परिपाटी रहेको संघले दावी गर्ने गरेपनी उम्मेदवारहरु भने प्यानल नै खडा गरेर चुनावी कार्यक्रममा लागेका थिए । अधिवेशनको पुर्वसन्ध्यामा दुवै टिम व्यवसायीहरुको मत आफ्नो पक्षमा पार्ने अन्तिम कसरतमा लागेका छन ।

संस्थापन पक्षको प्रतिनिधित्व गर्दै वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन भने कार्यसमिति सदस्य हुदै महासचिवको भूमिकासम्म निभाएका भरतकुमार अधिकारी अर्काे समूह बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । श्रेष्ठले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई समेटेर टिम बनाएका छन् भने अधिकारीले नेपाली कांग्रेस निकटलाई समेटेर अर्को टिम बनाएका छन् । प्रतिष्पर्धामा रहेका श्रेष्ठ र अधिकारी विचको यो पहिलो प्रतिष्पर्धा भने होईन । अघिल्लो महाधिवेशनमा दुवै जना वरिष्ठ उपाध्यक्ष पदका लागी भिडेका थिए ।

लेखनाथको पर्यटन र औधोगीक विकास पहिलो प्राथमिकता : भरत कुमार अधिकारी


व्यवसायिक र सामाजिक क्रियाकलापमा आफ्नो छुट्टै पहिचान बनाएका भरत कुमार अधिकारीले व्यवसायिक अनुभवलाई साटासाट गर्न, लेखनाथका हर व्यवसायीका पीरमर्कामा साथ दिन अध्यक्ष पदमा उम्मेद्वारी दिएको वताए । ‘आर्थिक मन्दीका कारण अहिले व्यवसाय क्षेत्र धरापमा छ । व्यवसायीहरु पलायन भएका छन् । व्यवसायिक क्षेत्रमा थुप्रै समस्याहरु छन् । जसलाई सम्बोधन गर्ने योजनाका साथ चुनावी मैदानमा होमिएको छु’–उनले भने । सबै व्यवसायीको मन र भावनालाई आत्मसात् गर्दै व्यवसायीहरुकै माझमा रहिरहने उनको प्रतिबद्धता छ ।

लेखनाथको विकासका लागि पर्यटन सबै भन्दा मुख्य विषय भएको भन्दै यसलाई बढ्वा दिने उद्देश्य आफ्नो भएको उनले बताए । उद्योग बिना उद्योग बाणिज्य संघ हुनुको अर्थ नभएको भनाई उनको छ । त्यसैले लेखनाथमा औद्योगिक विकास गर्न यसअघि अग्रजले चालेका कदमलाई अनुसरण गर्दै अगाडि बढ्ने लक्ष्य उनले लिएका छन् । पोखरा ३३ को पुडिटारमा बन्ने प्रदेश स्तरको औद्योगिक क्षेत्र निर्माणमा उल्लेख्य पहलकदमी लिने समेत उनले प्रतिवद्धता जनाएका छन । लेखनाथका सात तालको सम्बद्र्धन र त्यसको संरक्षण, पर्यटन विकासका लागि खोलिएका होटल रिर्सोटहरुको प्रवद्र्धन, होमस्टेको बजारीकरण गर्ने योजना सहित निर्वाचनमा उनी होमिएका छन् । साना व्यवसायीहरुलाई तालिम मार्फत सुसुचित गर्ने, आवश्यक तालिम उपलब्ध गराई व्यवसायिक प्रवद्र्धन गर्ने उनले बताए ।

छरिएर साना युनिटमा रहेका व्यवसायहरुका १३ वटा बजारलाई व्यवस्थापन गर्दै व्यवसायिकमैत्री वातावरण बनाउन लाग्ने प्रण उनको छ । जसका लागि उद्योग बाणिज्य संघ बजारसँग भन्ने अवधारणा नै उनले बनाएका छन् । व्यवसायीका अफ्ठ्याराहरु साझा रुपमा ग्रहण गर्दै प्राप्त प्रतिक्रियालाई सम्बोधन हुने गरी नै लाग्ने उनले उल्लेख गरे ।

लेखनाथ उद्योग बाणिज्य संघको साख जोगाउँदै परिस्कृत गर्दै लैजाने उनले बताए । तीन तहको सरकारसँग समन्वय गर्दै व्यवसायी मात्र नभई समग्र लेखनाथबासीको आवश्यकतालाई परिपूर्ति गर्ने गरी नेतृत्वदायी भूमिका निभाउने प्रतिबद्धता उनले गरेका छन् । उद्योग वाणिज्य संघमा २ कार्यकाल सदस्य, २ कार्यकाल उपमहासचिव, १ कार्यकाल महासचिवमा र एक पटक सल्लाहकार बनेर महत्वपूर्ण योगदान गरेका अधिकारीले अघिल्लो महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा केही मतले पराजित हुँदा निरास भएका व्यवसायीहरु समेत अहिले आफ्नो उम्मेदवारीले उत्साहित भएकाले हारपछि जित हुनेमा विश्वस्त छन ।

साना व्यापारीलाइ सफल, आत्मनिर्भर बनाउँदैं व्यावसायिक रक्षा गर्ने मेरो एजेण्डा : विनोद श्रेष्ठ


संस्थापन पक्षको प्रतिनिधीत्व गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिएका विनोद श्रेष्ठ वर्तमान वरिष्ठ उपाध्यक्ष हुन । ३ कार्यकाल कार्यसमिति सदस्य हुँदै द्वितीय उपाध्यक्ष, प्रथम उपाध्यक्ष र वर्तमान वरिष्ठ उपाध्यक्ष रहेकाले स्वतः अध्यक्षमा उठ्नुको विकल्प नभएको र आम व्यवसायीहरुको ईच्छा, चाहना र भावना यही पाएको उनी दावी गर्छन । यहाँसम्म ल्याउने व्यवसायीहरुले पक्कै पनि अध्यक्ष पदमा विजयी गराउने उनको विश्वास छ ।

संघलाई सम्पुर्ण व्यवसायीहरुको साझा फुलबारी बनाउने श्रेष्ठले लक्ष्य लिएका छन । ‘जहाँ एउटै प्रकृतिका हजारौं फूलका बोट हुन्छन्, त्यो फुलबारी हैन । तर सयौं फरक फूलका बोटहरु छन् भने त्यो फुलबारी हो’ त्यसैले संघलाई १ हजार ८ सय ६६ जना व्यवसायीहरुकै फूलबारी बनाउने वचनवद्धता व्यक्त गर्दछु । साना व्यापारीलाई कसरी सफल बनाउने, आत्मनिर्भर बनाउने र व्यावसायिक रक्षा कसरी गर्ने भन्ने विषयलाई उनले प्रमुख चुनावी एजेन्डा बनाएका थिए ।

समग्र गण्डकी प्रदेशकै आर्थिक तथा सामाजिक विकासका लागि सातै प्रदेशका उद्योग बाणिज्य संघमा भगिनी सम्बन्ध विस्तार गर्दै पुलको रुपमा काम गर्ने, कृषिलाई पर्यटनसँग जोडेर व्यवसायीकरण गर्ने, विभिन्न तालिम, सेमिनार र गोष्ठी गर्ने लक्ष्य छ । यसबाट व्यवसायीको क्षमता अभिवृद्धि, महिला उद्यमीलाई आत्मनिर्भर बनाउने कार्यक्रम चलाउने उनको योजना प्रस्तुत गरेका छन ।

वरिष्ठ उपाध्यक्षमा जमरकट्टेल र ओझा भिडदै


संघको वरिष्ठ उपाध्यक्ष पदको लागी एकै ठाउँका दुई व्यवसायीहरु आपसमा भिडेका छन । वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिएका ऋषिराम जमरकट्टेल र राजेन्द्र ओझा दुवै पोखरा–३० शिशुवाका स्थानिय वासिन्दा हुन । एउटै ठाउँका दुई व्यवसायीहरु नै चुनावी प्रतिष्पर्धामा उत्रीएपछि उक्त ठाउँका व्यवसायीहरु भने रनभुल्लमा परेका छन । तर यो नितान्त प्रजातान्त्रिक प्रणाली भएको र केही प्राविधिक विषयसमेत भएकाले आफुहरुको प्रतिष्पर्धाले आपसी सम्बन्ध र सामाजीक सम्बन्धमा कुनै असर नर्गर्ने उनीहरु दुवैको तर्क छ ।

जमरकट्टेल व्यवसायको हिसाबले हार्डवेयर व्यवसायी हुन् भने हाल लेखनाथ हाडवयर्स एसोसिएसनका अध्यक्ष समेत हुन । उनी भरतकुमार अधिकारीको समूहबाट उम्मेदवार बनेका हुन् । समाज रुपान्तरणका लागि ज्ञान, सीप र क्षमता अनिवार्य हुनुपर्छ भन्ने मान्यता राख्दै सरकारी जागिरसमेत छोडेर व्यवसायमा प्रवेश गरेका उनले संघमा २०७२ देखि अनवरत रुपमा बिभिन्न उपसमितिमा बसेर काम गरेका छन ।

तालिम प्रशिक्षणमा समेत दक्षता राख्ने जमरकट्टेलले विज्ञता हस्तान्तरण लाई नै पहिलो योजना बनाएका छन । संघमा आवद्ध आम व्यवासीलाई प्रशिक्षणको माध्यवाट क्षमता अभिवृद्धि गर्नु नै उनको प्रमुख चुनावी एजेण्डा रहेको छ । जे गरिन्छ, त्यसमा पूर्ण ज्ञान हुनु पर्छ । त्यसैले संघमा आवद्ध १ हजार ८ सय ६६ व्यवसायीलाई आफ्नै स्रोत र साधनबाट सूचना एवम प्रविधिबारे तालिम दिनका लागि छुट्टै  टे«निङ सेन्टरको विकास गरी स्थानीय तह र व्यवसायीको टे«निङ हब बनाउनुपर्नेमा उनको जोड छ ।

यस्तै वरिष्ठ उपाध्यक्ष पदका अर्का उम्मेद्वार राजेन्द्र ओझा पनि हार्डवेयर व्यवसायी हुन् । ओझा लेखनाथ हाडवयर्स एसोसिएसनका संस्थापक अध्यक्ष हुन् । उनी विनोद श्रेष्ठको समूहबाट उम्मेदवार बनेका हुन् । आगामी कार्यकालका लागि नियमानुसार नै वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएको वताउने उनले कोषाध्यक्ष, द्वितीय उपाध्यक्ष, प्रथम उपाध्यक्ष हुँदै अहिले वरिष्ठ उपाध्यक्ष पदका लागी उम्मेद्वारी दिएका हुन ।

पेशाले हार्डवेयर व्यवसायी भए पनि सञ्चार क्षेत्र, निर्माण क्षेत्र, शैक्षिक संस्था र अन्य धेरै सामाजिक संघ, संस्थामा संलग्न ओझा आम व्यवसायीलाई आर्थिक रुपमा कसरी सक्षम बनाउन सकिन्छ भन्नेमा आफ्नो सोच केन्द्रित हुने गरेको वताउँछन । संस्थागत हितका सवालमा अहिलेसम्म गरेका कामका उपलब्धि र आगामी दिनमा संघमा अल्पकालीन र दीर्घकालीन योजनालाई आगाडि सार्ने आफ्नो प्राथमिकता रहेको उनको भनाई छ ।

व्यवसायीका समस्याहरु धेरै रहेको र त्यसमा पनि मुख्य समस्या अव्यवस्थीत एवं पोके व्यापारीको भएको वताउँदै त्यसका लागि आगामी दिनमा स्थानीय सरकारसँग सहकार्य गरेर न्यूनीकरण गर्ने अभियान चलाउने उनको योजना छ ।

प्रथम उपाध्यक्षमा गोपिचन्द्र बास्तोला र उपेन्द्रराज सुवेदी (राजु) को प्रतिष्पर्धा


संघको प्रथम उपाध्यक्षमा गोपिचन्द्र बास्तोला र उपेन्द्रराज सुवेदी (राजु) को उम्मेद्वारी रहेको छ । यातायात व्यवसायी हुँदै काष्ठ उद्योग व्यवसाय क्षेत्रमा प्रवेश गरी २२ वर्षको अनुभव संगालेर २०७२ सालदेखि लेखनाथ उद्योग वाणिज्य संघमा प्रवेश गरेका सुवेदी एसोसिएट सदस्य, खुला सदस्य, उपमहासचिव र वर्तमान कार्यसमितिको महासचिवको निर्वाचनमा समेत लोकप्रिय मतका साथ विजयी भएकाले पनि यस पटक पनि सोचे अनुरुपकै परिमाण आउनेमा उनी विश्वस्त देखीन्छन ।

यस्तै विगत १४ वर्षसम्म लेखनाथ उद्योग बाणिज्य संघमा रहेर काम गरिरहेको अनुभव आफुसँग भएको वताउने बाँस्तोला बिभिन्न उपसमिति सदस्य हुँदै कार्यसमिति सदस्य, कोषाध्यक्ष, उपमहासचिव र महासचिवको भूमिकामा रहेर संघको वर्तमान कार्यसमितिमा द्वितीय उपाध्यक्ष रहेर काम गरिसकेका छन । आफुले हरेक व्यवसायीका पीर, मर्कामा प्रत्यक्ष रुपमा सहभागी भएर साथ दिएको र उनीहरुका समस्यालाई पनि नजिकबाट नियाल्ने मौका पाएको एवं आजका दिनसम्म इमान्दार भएर आफ्नो व्यववसायलाई भन्दा उद्योगी, व्यवसायीको हितका लागि काम गरेकाले पनि आफुलाई व्यवसायीहरुले साथ दिने विश्वास व्यक्त गर्छन ।

द्वितीय उपाध्यक्षमा विक्रम कर्माचार्य र मेनुका श्रेष्ठ चुनावी मैदानमा


संघको द्वितीय उपाध्यक्षमा विक्रम कर्माचार्य र मेनुका श्रेष्ठले उम्मेद्वारी दिएका छन । व्यावसायिक घरानाको प्रेरणाबाट ब्यवसायीक क्षेत्रमा होमिएका कर्माचार्य संघ सस्थाको नेतृत्व पनि अनिवार्य ठानेर पहिलो कार्यकाल आमन्त्रित ,दोस्रो कार्यकालमा एसोसिएट र हाल खुल्ला सदस्य पदमा विजयी भई अहिले द्धितिय उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका हुन । कर्माचार्य ग्रुपको कार्यकारी निर्देशक समेत रहेर खुद्रा पसल संचालन देखि होलसेल हुँदै उद्योग सम्मको यात्रामा सबै जसो ब्यबसायीहरुको पिर मर्का बुझेको र आम ब्यवसायीका समस्यालाई समाधान गर्नका लागि पुलको काम गर्ने गरि चुनावी मैदानमा उभिएको दावी गर्छन ।

यता हस्तकला ब्यवसायी तथा प्रशिक्षकको परिचय बनाउन सफल क्रिस्टलबाट बनेका नौगेडी पोतेको मुख्य सिर्जनाकार भएर करिव दुई हजार भन्दा वढिलाई तालिम र सयांै जनालाई स्वरोजगार बनाएकी श्रेष्ठले महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन महिला ब्यवसायीको साझा उमेदवारको रुपमा आफु आएको वताउँछिन । ‘सृजनशीलता र उद्यमशीलता, आर्थिक समृद्धि, सामाजिक रुपान्तरणको आवश्यकता’ भन्ने नारा सहित उम्मेद्वारी दिएकी श्रेष्ठले महिला उद्यमीलाई प्रोत्साहन गर्दै स्वरोजगार तथा व्यवसायी बनाउने प्रतिवद्धता लाई अगाडी सारेकी छन् । २०७० मा कार्यसमिति सदस्य हुँदै संघमा प्रवेश गरेकी उनी ३ कार्यकाल कार्यसमिति सदस्य बनिसकेकी छिन ।

महासचिवमा जानुका पराजुली अधिकारी र जीवन तिवारी


महासचिवमा जानुका पराजुली अधिकारी र जीवन तिवारीले उम्मेद्वारी दिएका छन । संघको इतिहासमा नै पहिलो पटक महिला पदाधिकारी बनेर ईतिहास रचेकी वर्तमान कार्यसमितिकी जानुका पराजुली अधिकारीले सदस्य, कोषाध्यक्ष र उपमहासचिवको जिम्मेवारी पूरा गर्दै आगामी कार्यकालका लागि महासचिवमा उम्मेदवारी दिएकी हुन । संघमा प्रवेश गर्दा एक कार्यकाल कार्यसमिति सदस्य एवं तालिम संयोजक, एक कार्यकाल कोषाध्यक्ष तथा वर्तमान उपमहासचिव समेत रहेर उद्योगी व्यवसायीहरुको चाहना अनुरुप नै काम गरे । ‘व्यावसायिक नेतृत्वमा लैंगिक समानता आजको आवश्यकता’लाई आत्मसात गर्दै आर्थिक रुपमा पछि परेका र पारिएका वर्गलाई व्यवसायको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य नै मेरो मुख्य चुनावी एजेन्डा हो ।

यस्तै अधिकारीको प्रतिष्पर्धीको रुपमा आएका तिवारी लामो समय युवा उद्यमशीलता उपसमितिको संयोजक हुँदै वर्तमान कार्यसमिति सदस्यका रूपमा कार्य गर्दा प्राप्त गरेको अनुभवलाई संस्थाको हित र विकासमा प्रभावकारी ढंगबाट लगाउने उद्देश्य राखेको वताउँछन । उनले युवाहरुले स्वदेशमा नै केही गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै युवा लक्षित कार्यक्रममार्फत साना तथा मझौला व्यवसायीहरुको आवाज उठाउन उम्मेदवार बनेको वताए ।

उपमहासचिवमा भरतराज ओझा र भीमबहादुर सार्की (काइँला)


संघको उपमहासचिव पदमा भरतराज ओझा र भीमबहादुर सार्की (काइँला) भिड्दै छन ।

कोषाध्यक्षमा ध्रुवबाबु भट्टराई (आईडी) र पुष्पमणि भण्डारी उम्मेदवारी


संघको कोषाध्यक्ष पदको लागी आफु योग्य र सक्षम भएको दावी गर्दै ध्रुवबाबु भट्टराई (आईडी) र पुष्पमणि भण्डारी चुनावी मैदानमा उत्रिएका छन दुवैजना वर्तमान कार्यसमिति सदस्य हुन ।

युवा अवस्थामै आफूलाई सफल युवा व्यवसायीका रूपमा स्थापित गर्न सफल भण्डारीले युवाहरुको भावनालाई समेट्ने गरी आफुले उम्मेद्वारी दिएको वताउँछन । १३ औं महाधिवेशनमा खुला सदस्यमा विजयी भई एक कार्यकाल कार्यसमिति सदस्यको रुपमा संघमा रहेर काम गरेको अनुभव बटुलिसकेका उनले संघको आर्थिक अवस्थालाई कसरी बलियो बनाउन सकिन्छ भन्ने योजनाका साथ चुनावी मैदानमा होमिएको बताउँछन् । स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरी विगत लामो समय बैंकिङ क्षेत्रको अनुभव बटुलिसकेको र उक्त ज्ञान र अनुभवलाई कोषाध्यक्ष पदमा रहेर भरपुर सदुपयोग गर्न चाहेको उनले बताए । संघमा आर्थिक पारदर्शिता, कोषको वृद्धि, लगानीको सही सदुपयोग लगायतको विषयमा आफूले कुशल भूमिका निर्वाह गर्न सक्ने उनले बताएका छन् ।

यस्तै १२ वर्षको अध्यापन पेशापछि निर्माण व्यवसायको क्षेत्रमा १२ वर्ष बिताएका ध्रुव बाबु भट्टराईले आम्दानी वढाउने र खर्चमा मितव्यीता अपनाउँदै संघको आर्थिक अवस्था सुर्धार्ने मुख्य एजेण्डाका साथ उम्मेद्वारी दिएको वताए । छोटो समयमा नै व्यावसायिक सफलता हात पार्दै आफूले जीवनमा सिकेका कुरालाई व्यवहारमा उर्तार्दै लेखनाथ उद्योग वाणिज्य संघको कोषाध्यक्ष पदमा जिम्मेवारी सम्हालेर उदाहरणीय कार्यक्रम प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । व्यवस्थापनमा मास्टर डिग्री गरेका युवा व्यवसायी भट्टराईले संघमा दुई कार्यकाल कार्यसमिति सदस्य पदको अनुभव बटुलिसकेका छन् । त्यस क्रममा उनले निर्माण संयोजक र तालिम संयोजकको भूमिका निभाएका थिए । निर्माण व्यवसायी संघ कास्कीको सहकोषाध्यक्ष पदमा रहेर काम गरिसकेको अनुभव आफूसँग भएको सुनाए ।

संघको २ महिला सदस्यका लागि जमुना गिरी, प्रतीक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने र सुमित्रा बञ्जाराले मनोनयन दिए । एसोसिएट सदस्यतर्फ प्रेमप्रसाद शर्माको मात्र मनोनयन परेकाले उनी निर्विरोध भएका छन् । संस्थागत सदस्यमा विजय गुरुङ र कुलबहादुर रानाभाट प्रतिस्पर्धामा छन् ।

८ खुला सदस्यमा अर्जुन भण्डारी, भविन्द्र पुन (भविन), भरत थापा, भुवानीप्रसाद पौडेल, विजय न्यौपाने (इ.), बिन्दुचन्द्र बराल, वीरेन्द्र बानिया, वीरेन्द्रराज भूर्तेल, गंगाकुमारी मल्ल, हरि बस्ताकोटी, खेमराज बराल, कृष्णप्रसाद सुवेदी, लक्ष्मीप्रसाद ढुंगाना (एलपी), राजन कल्याण बड्गामी, सूर्यप्रकाश ढुंगाना (एसपी) र टीकाराम सापकोटाले उम्मेदवारी दिएका छन । संघको १४ औं महाधिवशेनका लागि २३ गते हुने निर्वाचनमा कुल १ हजार ८ सय ६६ मतदाता छन् ।

Previous Post

सिड फाउण्डेसन कास्की २० औं वर्षमा प्रबेश

Next Post

सरकारको नितिका कारण आन्तरीक व्यवसाय सिथिल : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
सरकारको नितिका कारण आन्तरीक व्यवसाय सिथिल : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

सरकारको नितिका कारण आन्तरीक व्यवसाय सिथिल : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?