• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

सरकारको नितिका कारण आन्तरीक व्यवसाय सिथिल : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

Ramsharan Nepali by Ramsharan Nepali
September 8, 2023
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली
लेखनाथ २२, भदौ ।
नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारको गलत नितिका कारण आन्तरीक व्यवसाय झन झन सिथिल हुँदै गएको वताएका छन । शुक्रबारबाट शुरु भएको लेखनाथ उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारण सभा तथा १४औं अधिवेशनको उद्घाटन गर्दै श्रेष्ठले वाह्य क्षेत्रमा परेको नकारात्मक प्रभावका कारण सरकारको नियामक निकायले ल्याएको नितिले वैदेशीक मुद्राको सञ्चीती, रेमिट्यान्समा वृद्धि र पर्यटनको क्षेत्रमा केही सुधार देखीए पनि आन्तरीक व्यवसाय झन झन खुम्चदैं गएको वताए । सरकारको मौद्रिक नितिको विषयमा टिप्पणी गर्दै उनले व्याजदरको प्रिमियम दर २ प्रतिशत भन्दा वढि हुन नहुने र यस विषयमा उद्योग वाणिज्य महासंघले पहल गर्ने वताएका थिए ।

श्रेष्ठले आन्तरीक व्यवसायमा देखा परेको अहिलेको अवस्थालाई समाधान गर्नतर्फ राज्य प्रशासनले पहल गर्नुको साटो दोषारोपणमा मात्रै उत्रिएको वताए । राजनिति गर्नेहरुले पदमा हुँदा एकथोक बोल्ने र पदमा नहुँदा अर्को थोक बोल्ने गरेको वताउँदै राजनितिकर्मीहरुको यहि प्रवृतीका कारण व्यवसायीहरु झनै पिडित भएको वताए । उनले संघको चुनावको वेला व्यवसायीहरु पनि राजनितिक पार्टीको शरणमा जाने गरेको अब यस्तो प्रवृतिलाई छोडेर व्यवसायी नै भनेर चुनाव लड्न आग्रह गरे ।

लेखनाथ तालै तालको शहर र सम्भावना नै सम्भावनाको सहर हुँदा हुँदै पनि केही नमिलेजस्तो देखीएको र यस क्षेत्रको विकासको लागी उद्योग वाणिज्य संघ, राजनितिक दल र स्थानिय सरकार संगठित भएर लाग्नुपर्ने वताएका थिए । उनले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट हालसम्म पनि अन्र्तराष्ट्रीय उडान हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै छिट्टै नै विभिन्न अन्र्तराष्ट्रिय शहरहरुबाट नियमित उडान शुरु हुने विश्वास व्यक्त गरे ।

सोही अवसरमा नेपाल उद्योग बाणिज्य महासंघका वस्तुगत संघका उपाध्यक्ष हेमराज ढकालले निजी क्षेत्रका माग प्रति राज्य उदासिन रहेकाले यसलाई सुधार गर्नका लागि राज्य उत्तरदायी हुनु पर्नेमा जोड दिएका थिए । साथै उनले स्थानिय उत्पादनलाई प्रथामिकता दिदै पर्यटनको सम्भावना बोकेको लेखनाथ नगर क्षेत्रको विकासका लागी सह लगानीको अवधारणाले अगाडी वढ्नु पर्ने धारणा राखेका थिए ।
कार्यक्रममा संघिय सांसद मन वहादुर गुरुङले उद्योगीहरुलाई सरकारले हेर्ने दृष्टिकोण फरक भएकाले यसलाई राज्यको तर्फबाट संरक्षणका योजनाहरु ल्याउनु पर्ने सुझाव राख्दै राजनिती भन्दा माथी उठेर सहि नेतृत्व चयन गर्नका लागि पनि उनले आग्रह गरेका थिए । कार्यक्रममा रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझाले विकासको नमुना हेर्न रुपामा आउन आग्रह गर्दै केही लगानी गर्न इच्छा भएका नयाँ ब्यवसायीलाई रुपामा पठाउनका लागि पनि अनुरोध समेत गरेका थिए ।

सोही अवसरमा जिल्ला समन्वय समिति कास्कीकी उपाध्यक्ष सरिता कुमाल, नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष सुर्य बहादुर भुजेल, सल्लाहकारहरुको तर्फबाट नेत्रपाणि वास्तोला, जेष्ठ नागरिक समाज कास्कीका अध्यक्ष भक्तराज श्रेष्ठ, पुर्व अध्यक्षहरुको तर्फबाट चतुराखर अधिकारी, जिल्ला नगर उद्योग बाणिज्य वाणिज्य संघहरुको तर्फबाट गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, पोखरा महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ र सम्पुर्ण महिलाहरुको तर्फबाट राधा सापकोटा लगायतले आ–आफनो धारणा राखेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष छत्रधर आत्रेयले बिकास निर्माणका सवालमा पोखरा र लेखनाथका विचमा देखिएको अन्तर विरोधको अन्त्य हुनुपर्ने वताएका थिए । संघका अध्यक्ष छत्रधर आत्रेयको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव उपेन्द्रराज सुवेदी (राजु)ले गरेका थिए भने वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

सोही अवसरमा संघका सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले स्थापना गरेको चन्द्रलक्ष्मी जेष्ठ नागरिक सम्मान पुरस्कार जेष्ठ नागरिकको क्षेत्रमा काम गर्दै आएका जेष्ठ नागरीक समाज नेपाल कास्कीका अध्यक्ष भत्तराज श्रेष्ठलाई प्रदान गरिएको थियो । पुरस्कारको राशि रु १ लाख १ हजार रहेको छ । यसैगरि संघका पुर्व कार्यसमिति सदस्य कृष्ण प्रसाद अधिकारीेले स्थापना गरेको वातावरण तथा सरसफाई पुरस्कार पोखरा ३१ को पचभैया सामुदायिक होम स्टेका अध्यक्ष लिलकुमारी थापा मगरलाई प्रदान गरिएको थियो ।

उक्त अवसरमा संघको स्थापनाकाल देखि अनवरत रुपमा काम गर्दै आएका संघका कर्मचारी कृष्ण प्रसाद पौडेललाई सम्मान गरिएको थियो । संघका पुर्व अध्यक्ष नारायण प्रसाद श्रेष्ठद्धार स्थापित अपाङ्ग तथा जेहेन्दार छात्रालाई प्रदान गरीने छात्रवृद्धि जनप्रकाश मावि पोखरा–२९ की छात्रा देउमाया क्षेत्रीलाई प्रदान गरिएको थियो ।

शुक्रबार संघको अधिवेशन तथा साधारण सभाको उद्घाटन समारोह एवं बन्द सत्र सम्पन्न भएको छ भने शनिबार निर्वाचन कार्यक्रम हुने निर्वाचन समितिका संयोजक खगेन्द्रराज आचार्यले जानकारी दिए । संघको नयाँ नेतृत्व चयनका लागि हुन लागेको १४ औं महाधिवेशनमा संघमा रहेका २० पदमध्ये १९ पदका लागी ३६ जना उम्मेद्वारहरु चुनावी मैदानमा छन ।

संघको अध्यक्ष पदका लागि भरतकुमार अधिकारी र विनोद श्रेष्ठले उम्मेद्वारी दिएका छन भने वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझा र ऋषिराम जमरकट्टेलले उम्मेद्वारी दिएका छन । यस्तै प्रथम उपाध्यक्षमा गोपिचन्द्र बास्तोला र उपेन्द्र राज सुबेदी, द्दित्तीय उपाध्यक्षमा बिक्रम कर्माचार्य र मेनुका श्रेष्ठ, महासचिवमा जानुका पराजुली अधीकारी र जीवन तिवारी, उपमहासचिवमा भरत राज ओझा र भिम बहादुर सार्की (काईला), कोषाध्यक्षमा ध्रुव वावु भट्टराई (आई. डी.) र पुष्पमणि भट्टराईले उम्मेद्वारी दिएका छन ।

संघको महिला सदस्यका लागि जमुना गिरि, प्रतीक्षा रानाभाट, प्रभा कुमारी पौडेल लामिछाने र सुमित्रा बन्जाराले उम्मेद्वारी दर्ता गराएका छन । एसोसिएट तर्फको सदस्य पदमा भने प्रेम प्रसाद शर्माको मात्र उम्मेद्वारी परेकाले उनी निर्विरोध भएका छन । संस्थागत सदस्य पदका लागि विजय गुरुङ र कुल बहादुर रानाभाटको उम्मेद्वारी परेको छ ।

कार्यसमिति सदस्यमा अर्जुन भण्डारी, भविन्द्र पुन (भविन), भरत थापा, भुवानीप्रसाद पौडेल, बिजय न्यौपाने (ई), बिन्दुचन्द्र बराल, बिरेन्द्र बानिया, बिरेन्द्र राज भुर्तेल, गंगा कुमारी मल्ल, हरि बस्ताकोटी, खेमराज बराल, कृष्ण प्रसाद सुवेदी, लक्ष्मी प्रसाद ढुङ्गाना (एल पि), राजन कल्याण वड्गामी, सुर्य प्रकाश ढुङ्गाना (एस पि) र टिकाराम सापकोटाले उम्मेद्वारी दिएका छन । मतदान कार्यक्रम शनिबार संघको कार्यालय परिसर भण्डारढिकमा विहान ७ः०० बजेबाट साँझ ५ः०० वजेसम्म हुनेछ ।

Previous Post

लेउवा संघको १४औं महाधिवेशन आजबाट

Next Post

लेउवा संघको १४ औं महाधिवेशन, मतदान शुरु (फोटो फिचर सहित)

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
लेउवा संघको १४ औं महाधिवेशन, मतदान शुरु (फोटो फिचर सहित)

लेउवा संघको १४ औं महाधिवेशन, मतदान शुरु (फोटो फिचर सहित)

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?