• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

लेखनाथको डायमण्डमा स्मार्ट प्रविधि मार्फत अध्यापन गराईने

Lekhnath Khabar by Lekhnath Khabar
July 3, 2023
in शिक्षा, स्थानीय
0
0
SHARES
144
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, असार १८ l पोखराको लेखनाथमा रहेको डायमण्ड माध्यामिक विद्यालयले स्मार्ट प्रविधि मार्फत कक्षा संचालनको शुभारंभ गरेको छ । गुरुपूर्णिमाका दिन सोमबार देखी विद्यालयमा आइएनजी स्किल एकेडेमीसँगको सहकार्यमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई स्ट्डी स्मार्ट विथ माई सेकेण्ड टिचर कार्यक्रमको शुभारंभ गरेको हो ।

कप्यूटर, आईप्याड, आईफोन, ल्यापटपको प्रयोग गरेर विद्यार्थी, शिक्षक र अभिभावकका लागि तयार गरिएको स्मार्ट एप्लीकेसनमा आफ्नो युजर आईडी मार्फत पाठ्य सामाग्री, अध्ययन गर्न, हेर्न र प्रश्नको हल समेत गर्न सक्नेछन् ।

यो प्रविधि डायमण्ड मा.वि ले यस क्षेत्रमा पहिलो पटक प्रयोग गरेको हो । आइएनजी स्किल एकेडेमीको सहकार्यमा स्मार्ट प्रविधिसँग दोश्रो शिक्षक सिकाईका रुपमा अगाडी बढाईने विद्यालयले जनाएको छ ।

कार्यक्रमको शुभारंभ गर्दै, पोखरा विश्वविद्यालयका पूर्व डिन प्रा.डा. इन्द्रप्रसाद तिवारीले स्मार्ट प्रविधिको शिक्षण विधि प्रविधिको पनि विशिष्टीकृत रुप भएको बताए । उनले कम्प्यूटर र विज्ञानको युगमा लिखित पाठ्यक्रम भन्दा प्रविधिको माध्यमलाई जोड्नु सकरात्मक भएको उल्लेख गरे ।

शिक्षाविद् तिवारीले शिक्षणमा एप्सको प्रयोग गरी डिजिटल पाठ्यक्रमको बिकास गरी विद्यार्थीलाई अभ्यस्त गराउन सकिने बताए ।
कार्यक्रममा लक्ष्मी आदर्श मा.वि पूर्वप्रधानाध्यापक तुलसीराम लामिछानेले घोकन्ते अध्ययनलाई प्रविधिले विस्थापित गर्नु पर्नेमा जोड दिएका थिए ।

लक्ष्मी माध्यामिक विद्यालयका प्रधानाध्यापक जगन्नाथ अधिकारीले नीति, विधि र प्रविधिमा आधारित भएर अध्यापन गर्नु पर्नेमा जोड दिए । उनले प्रविधि मार्फत अभिभावकहरुले उत्तरदायित्व पुरा गर्ने गरी जोड्नु पर्ने बताए ।

विद्यालयका संस्थापक प्राचार्य एम बहादुर रोकाले पछिल्लो पुस्ता प्रविधि अभ्यस्त हुँदै गएकाले स्मार्ट शिक्षण सिकाईको माध्यमलाई विद्यालयले प्रयोगमा ल्याएको उल्लेख गरे ।

स्मार्ट प्रविधिलाई मेरो सेकेण्ड टिचरका रुपमा विकास गर्दै, श्रब्यदृश्य सम्बाद, अन्तरक्रिया, प्रश्नोत्तर एवं अभ्यासले विद्यार्थीहरुमा सिर्जनशिलताको प्रयोग हुनेमा विश्वस्त रहेको रोकाले उल्लेख गरे ।

विद्यालयका निर्देशक माधव शरण उपाध्यायले डायमण्डबाट दिक्षित भएका विद्यार्थीहरु संसारका विभिन्न राष्ट्रमा अध्ययन अनुसन्धान र पेशामा संलग्न रहेको उल्लेख गर्दै, आगामी पुस्ता अझ शसक्त भएर निस्कने बताए । उनले दोश्रो शिक्षक शिक्षण विधिमा स्मार्ट प्रविधिको प्रयोग गरिएको उल्लेख गर्दै, विद्यार्थी, शिक्षक र अभिभावकका लागि शसक्त माध्यम बन्ने बताए ।

स्किल एकेडेमीसँगको सहकार्यमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई मेरो सेकेण्ड टिचरका रुपमा बिकास गर्ने गरी कक्षाहरुमा स्मार्ट प्रविधि जडान गरिएको विद्यालयका शैक्षिक प्रशासन प्रमुख इञ्जिनियर संजिब थापाले बताए । उनले डिजिटल कक्षा कोठा, शिक्षकहरुका लागि पाठ्य सामाग्री निर्माण, सेमिनार, अन्तर संवाद लगायतका माध्यम समावेश गरिने उल्लेख गरे ।

विद्यार्थी र शिक्षकको बृत्तर बिकासका लागि काठमाण्डौं विश्वविद्यालय, आईएनजी स्किल एकेडेमी, लावण्य इन्टरनेशनल र बेलायतको एनसिसि डिजी स्कुल एवं सिद्धराजा इन्टरनेशनल स्कुलसँग सहकार्य गरिएको बताए । थापाले सिद्धराजा इन्टरनेशनलसँग विद्यार्थी तथा शिक्षकको अध्ययन र अध्यापन आदान प्रदान, एनसिसि डिजी स्कुलसँग कक्षा ४ देखी ७ सम्मका विद्यार्थीहरुलाई युके बेस आईटी कोर्स संचालन गरिएको बताए । उनले लावण्य इन्टरनेशनलसँग बालबिकास केन्द्रका विद्यार्थीका लागि शिक्षण र सिकाई विधि, काठमाण्डौं विश्वविद्यालयसँग प्रोफेसनल शिक्षा, पाठ्य सामाग्री तयारी र स्किल एकेडेमीसँग स्ट्डी स्मार्ट विथ माई सेकेण्ड टिचरका लागि स्मार्ट प्रविधिका लागि सहकार्य गरिएको बताए ।

सोही अवसरमा शिक्षाविद् प्रा.डा. इन्द्रप्रसाद तिवारी र तुलसीराम लामिछानेलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।
विद्यालयका निर्देशक माधवशरण उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा स्किल एकेडेमीका निखिल श्रेष्ठ, दिक्षा खनाल लगायतले कार्यक्रमको बारेमा बोलेका थिए । कार्यक्रमको संचालन विद्यालयका निर्देशक हरिप्रसाद लामिछानेले गरेका थिए ।

बि.सं. २०४५ सालमा स्थापना भएको यस क्षेत्रकै संस्थागत विद्यालयको रुपमा रहेको डायमण्ड माध्यामिक विद्यालयले २०५२ साल देखी प्रवेशिका परिक्षामा विद्यार्थीहरुलाई सामेल गराउँदै आएको छ भने २०६३ साल देखी दश दुई जोडको अध्यापन गराउँदै आएको छ ।

Previous Post

न्यू लेखनाथ पब्लिक एकेडेमीमा रोपाई महोत्सव

Next Post

पोखरा आदर्श सेकेन्डरी विद्यालयको स्कुल गान सार्वजनिक

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post

पोखरा आदर्श सेकेन्डरी विद्यालयको स्कुल गान सार्वजनिक

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?