पोखरा, २० असार । पोखराको बगरमा अवस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलले आफ्नो विद्यालयको चिनारी लोक भाकामा आधारित गीत हालै सार्वजनिक गरेको छ । पश्चिमी संस्कृतिको अन्धानुकरण भइरहेको वर्तमान समयमा नेपाली लोक गीत, लोकभाकाका माध्यमबाट यस विद्यालयले आफ्नो पहिचान प्रस्तुत गरेको हो।
सार्वजनिक गीतमा वरिष्ठ लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानेको स्वर, डा. शिव सुबेदीको लय, पुरुषोत्तम न्यौपाने र ज्ञानेश्वर सुबेदीको शब्द, अनि कोरस गायनतर्फ नेपाली भाषा विषयका प्राध्यापक एवम् लोक गायक ज्ञानेश्वर सुवेदी, विद्यार्थीहरु क्रमशः संस्कृति सुवेदी, अभिषेक आचार्य ,रोधा तामाङ ,निरुता श्रीस र अस्मित पराजुलीको आवाज रहेको छ।
गीतको परिकल्पना माउण्ट भ्याली कलेजका क्याम्पस प्रमुख श्री नारायण न्यौपानेले गरेका हुन् भने गीतको सम्पादन सन्तोष हमालले गरेका हुन् । उक्त गीतको ड्रोनतर्फ छायाकंन अभिनव श्रेष्ठले गरेका छन । शिशु देखि क्याम्पससम्म रहेको उक्त स्कुलमा कक्षा ११ र १२ मा बिज्ञान र ब्यवस्थापन संकायमा कक्षाहरु संचालित छन् ।
Discussion about this post