• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेउवा संघको व्यवसायीहरुसँग छलफल र अन्तरक्रिया

Lekhnath Khabar by Lekhnath Khabar
June 25, 2023
in समाचार, स्थानीय
0
0
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली
लेखनाथ, ८ असार । निर्वाचनको मिति नजिकिएसँगै लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुको छलफल र अन्र्तक्रियालाई तिव्रता दिएको छ । आगामी भदौ २२ र २३ गते संघको अधिवेशन तय भईसकेको र सम्भावित उम्मेदवारहरुको चर्चा परिचर्चा भईरहेका बेला संघको टोलीले व्यवसायीहरुको गुनासा सुन्न र सुझाव संकलन गर्न भन्दै विभिन्न बजार ईकाईसँगको छलफललाई तिव्रता दिएको हो ।

कार्यक्रमको उद्धेश्यको विषयमा बोल्दै संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझाले ब्यवसायिका साझा समस्याहरुका बारेमा संघ चिन्तनशिल रहेको र ब्यवसायिसँग अन्तरक्रियाको माध्यमबाट देखिएका समस्यालाई लिपिबद्ध गर्दै नितीगत रुपमा सामाधान गर्ने उदेश्यले छलफल तथा अन्र्तक्रिया अभियान संचालन गरिएको वताए ।

असार ६ गते देखी १३ गतेसम्म विभिन्न बजार व्यवस्थापन समितिहरुविच छलफल र अन्र्तक्रिया चलाईरहेको संघले शुक्रबार तालचोक बजार व्यवस्थापनसँग अन्र्तक्रिया गरेको हो । कार्यक्रममा समितिमा आवद्ध अधिकांश व्यवसायीहरुले संघका प्रतिनिधिहरुविच विभिन्न समस्या र गुनासाहरुमात्रै पोखेका छन ।

बजारको आर्थिक अवस्थाका कारण व्यवसाय धरासायी भएको, बजारमा उचित फोहोर व्यवस्थापन हुन नसकेको, अस्वभाविक भाडा वृद्धिका कारण व्यवसायबाटै हात धुनुपर्ने अवस्था आएको, वर्षेनी सञ्चालन गरिने लेखनाथ महोत्सव साना व्यापारीको लागी फलदायी हुन नसकेको, कृषि उपज बजारमा स्थानिय उत्पादन नभएको लगायतका गुनासा राखेका थिए ।

कार्यक्रममा सुन चाँदी व्यवसायी बिशाल सुनारले स्थानीय कला र व्यवसायको प्रवद्र्धनको लनगी लेखनाथ महोत्सव सञ्चालन गरिएको भनिएतापनि उक्त अनुभुति गर्न नसकिएको वताए ।

यस्तै फेन्सी व्यवसायी सुरेन श्रेष्ठले अहिले चलाईएको छलफल चुनावको वेला राजनितिक दलहरुले गर्ने घरदैलो जस्तो आफुले अनुभुती गरेको भन्दै अन्य समयमा पनि यस्ता छलफल चलाउन सुझाव दिए । उनले बजारमा पोके व्यापारीहरुको बिगबिगी वढेको भन्दै यस्ता व्यपारीहरुलाई निरुत्साहीत गर्ने संघको निति हो भने नगरप्रहरी परिचालन गरेर भएपनि यसलाई हटाउनुपर्ने र महोत्सवको प्रवेशद्धारमा नै यस्तै व्यसायीहरुको भिड लाग्न दिन नहुनेमा जोड दिएका थिए ।

किराना व्यवसायी टिकाराम भुर्तेलले बजारलाई स्वच्छ सफा राख्ने विषयमा घरधनीहरुले चासो नदिएको आफुले पाएको वताउँदै बजार ईकाई र व्यवसायीहरु मिलेर बजारलाई सफा राख्ने विषयमा एकजुट हुनुपर्ने वताएका थिए ।

उक्त अवसरमा सहकारीकर्मि शंकर पौडेलले व्यवसायीहरु मिटर ब्याज एवं विभिन्न ऋणको पासोमा परिरहेको दावी गर्दै यस विषयमा संघले वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने वताएका थिए । पर्यटन व्यवसायी एवं पत्रकार सन्दिप पौडेलले संघ चुनाव लाग्ने बेला तात्ने र अरु समय हराउने गरेको वताए । उनले महोत्सव आयोजना गर्ने जग्गानको अरु समयमा पनि सदुपयोग गर्न सुझाव दिनुका साथै संघका आवद्ध सदस्यता शुद्धिकरण गर्नुपर्ने वताएका थिए ।

यस्तै व्यवसायी गंगा खनालले अहिलेको अवस्थामा व्यसायीहरु अत्यन्तै पिडित भएको वताउँदै घरभाडा समेत तिर्न नसक्ने अवस्थामा पुगेका व्यवसायीहरुका लागी प्रवद्र्धनका कार्यक्रमहरु ल्याउनुका साथै चुनावका बेला मात्र घरदैलो नगरी अन्य बेला पनि संघले काम गर्नुपर्ने वताएकी थिईन ।

युवा व्यवसायी अर्जुन भण्डारीले संघलाई व्यवसायीहरुले आफ्नो छाता संस्थाको रुपमा अनुभुती गर्न नसकेको वताउँदै संघलाई उद्यमी उत्पादन गर्ने थलो बनाउनुपर्ने, महोत्सवस्थलको अन्य समयमा पनि सदुपयोग गर्नुपर्ने, डोके व्यापारीहरुलाई व्यवस्थापन गरिनुपर्ने र सक्षम एवं सबल व्यक्तिलाई संघमा नेर्तत्व गर्ने अवसर दिईनुपर्ने लगायतका सुझाव राखेका थिए ।

फलफुल व्यापारी राजु परियारले आफुले भाडा तिरेर, कर तिरेर फलफुल तरकारीको व्यापार गर्दै आएको वताउँदै आफ्नै अगाडी वस्ने डोके व्यवसायीहरुको व्यवस्थापनमा संघ लगायत कोही कसैले चासो नदिएको वताउँदै यस्तै अवस्था रहने हो भने संघको कुनैपनि कार्यमा सर्मथन गर्न नसकिने वताएका थिए ।

व्यवसायीहरुका विभिन्न गुनासा एवं आरोपहरुको विषयमा संघका बरिष्ठ उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष विनोद श्रेष्ठले वचाउ गरेका छन । व्यवसायीहरुको घरभाडाको समस्या समाधानको लागी संघ अन्र्तगत घरभाडा सरोकार समिति गठन गरिएको, महोत्सवलाई परिमार्जन गर्ने सोचमा रहेको, स्थानीय व्यवसायीहरुलाई १० दिन अगाडीनै स्टल बुकीङ खुला गरी प्राथमिकता दिईने गरिएको, साधारण सदस्यलाई १० प्रतिशत छुट समेत दिने गरिएको, व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागी विभिन्न खालका तालिमहरु सञ्चालन गर्ने गरिएको उनले वताए ।

कार्यक्रममा संघका द्धितिय उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुको हक हितका लागी थुप्रै कामहरु गर्दै आईरहेको र लेखनाथ क्षेत्रको विकासमा उल्लेख्य योगदान गरेको दावी गरे । उनले लेखनाथमा ईलाका प्रशासन कार्यालय, नापी कार्यालय ल्याउनको लागी लागि समेत उल्लेख्य भुमिका खेलेको जिकिर गर्दै अहिले उठिरहेको लेखनाथ नगरपालिका पुर्नस्थापनाको लागी समेत नेर्तत्व गर्न संघ तयार रहेको वताएका थिए ।

तालचोक बजार व्यवस्थापन समितिका अध्यक्ष सुजन न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संघका महासचिव उपेन्द्रराज सुवेदी राजुले गरेका थिए । संघले यसअघि बुधवार पोखरा २९ र ३० को पावरहाउसमा र पोखरा २६ को बुढिवजारमा, बिहिबार पोखरा २६ र २७ को अर्घौंबजारमा ब्यवसायिहरुसँग छलफल तथा अन्र्तक्रिया सम्पन्न गरिसकेको छ ।

Previous Post

अन्तर विद्यालय क्रिकेटमा छात्रतर्फ त्रिभुवन र जनप्रिय तथा छात्रातर्फ सिद्ध र बाहारी फाइनलमा

Next Post

ग्राहकलाई ढुक्क बनाउँदै वल्र्डलिंक, इन्टरनेट स्पिड स्लो भए पैसा फिर्ता हुने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

हाम्रो गौरव सहकारीको १८औं साधारण सभा
अर्थ खबर

हाम्रो गौरव सहकारीको १८औं साधारण सभा

त्रिवेणी इन्टरनेशनल कलेजको १० औ वार्षिक साधारण सभा
शिक्षा

त्रिवेणी इन्टरनेशनल कलेजको १० औ वार्षिक साधारण सभा

रत्नशोभा मावि ब्यवस्थापन समितिमा तिमिल्सेना
समाचार

रत्नशोभा मावि ब्यवस्थापन समितिमा तिमिल्सेना

राधाकृष्ण बृद्धाश्रमले ग¥यो सहयोगीलाई सम्मान
समाचार

राधाकृष्ण बृद्धाश्रमले ग¥यो सहयोगीलाई सम्मान

पोखरा –२७ ले दियो बिमाको मृत्यु दावी भुतानी
समाचार

पोखरा –२७ ले दियो बिमाको मृत्यु दावी भुतानी

Next Post
ग्राहकलाई ढुक्क बनाउँदै वल्र्डलिंक, इन्टरनेट स्पिड स्लो भए पैसा फिर्ता हुने

ग्राहकलाई ढुक्क बनाउँदै वल्र्डलिंक, इन्टरनेट स्पिड स्लो भए पैसा फिर्ता हुने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?