• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home मुख्य समाचार

ग्राहकलाई ढुक्क बनाउँदै वल्र्डलिंक, इन्टरनेट स्पिड स्लो भए पैसा फिर्ता हुने

Lekhnath Khabar by Lekhnath Khabar
June 25, 2023
in मुख्य समाचार, समाचार, सूचना प्रबिधि
0
0
SHARES
896
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं, ८ असार । वल्र्डलिंकले ग्राहकलाई ढुक्क बनाउने ‘सर्भिस ग्यारेन्टी’को सुविधा ल्याएको छ । निजी क्षेत्रको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेशन्सले इन्टरनेटको स्पिड स्लो भए पैसा फिर्ता दिने सुविधा ल्याएको हो।

नेपाली इन्टरनेट सेवा प्रदायकहरुबीच पहिलो पटक वल्र्डलिंकले शर्त अनुसारको सेवा ग्राहकले नपाए रकम फिर्ता गर्ने योजना ल्याएको छ। आफ्ना ग्राहकहरुलाई अब वल्र्डलिंको इन्टरनेट स्पिड स्लो हुँदैन भन्ने विश्वास दिलाउन रकम नै फिर्ता दिने योजना ल्याएको हो । यो समयमा जब अरु सबै कम्पनीहरु मुल्यको प्रतिस्पर्धामा रहेका छन् भने वल्र्डलिंकले गुणस्तरिय सेवालाई प्राथमिकता दिएको छ ।

स्ट्यान्डर्ड प्याकेज: प्रयोगकर्ताले पाउछन् मनी ब्याक ग्यारेन्टी
वल्र्डलिंकका ७ लाख ८० हजार ग्राहकहरु रहेका छन् । जसअन्तर्गत ‘स्ट्यान्डर्ड अफर प्याकेज’ २०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएसको इन्टरनेट प्रयोग गर्ने प्रयोगकर्ताहरुले कुनै थप शुल्क बिना नै यो सेवा पाउने पाउन सक्नेछन ।

हाललाई यी बाहेक अरु कुनै प्याकेजमा रहेका ग्राहकहरुलाई यो मनी ब्याक ग्यारेन्टीको सुविधा उपलब्ध हुनेछैन । यदि उनीहरुले आफ्नो प्याकेजलाई अपग्रेड गरे भने मात्र मनी ब्याक ग्यारेन्टी सुविधा प्रयोग गर्न पाउँनेछन्। यो सुविधा दिनका लागि कम्पनीले थप आवश्यक प्राविधिक कर्मचारीहरु परिचालन गर्नेछन ।

कसरी दाबी गर्ने ? कति रकम फिर्ता हुन्छ ?
ग्राहकको इन्टरनेट स्पिड स्लो हुँने वित्तिकै रकम फिर्ता पाइहाल्ने भने होइन। स्ट्यान्डर्ड प्याकेज प्रयोगकर्ताले आफ्नो स्पिड स्लो भएको फोन मार्फत, शाखा कार्यालय, वा अनलाइन सेवाबाट जानकारी गराउनु पर्नेछ।

वल्र्डलिंकले आफ्ना प्राविधिक कर्मचारी लाई ग्राहक को ठेगाना मा ईन्टरनेट स्पीड चेक गर्न पठाँउनेछ, ईन्टरनेट स्लो भएको कारण पत्ता लगाइ समस्याको समाधान गर्नेछ । तथापि स्पीडको समस्या यथावत रहेमा ग्राहकले मनी ब्याक ग्यारेन्टी सुविधा अन्तर्गत पैसा फिर्ता माग गर्न सक्नेछ ।

रकम फिर्ता माग गर्दा ग्राहकले प्याकेज लिएको जतिदिन बाँकी रहन्छ सो बराबरको रकम मात्र फिर्ता पाउने व्यवस्था गरेको छ। उदाहरणको लागि ९० दिनको प्याकेज लिएकोे ग्राहकले २५ दिन उपभोग गरीसकेको छ भने ६५ दिनको रकम मात्र फिर्ता पाउनेछ ।

कसले दाबी गर्ने ?
इन्टरनेट स्पिड स्लो भएको ग्राहकहरुले (२०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएस) यस सुविधा अन्तर्गत आफ्नो गुनासो दाबी गर्न सक्नेछन। यदि इन्टरनेट स्पिड स्लो हुँदा वल्र्डलिंकले समस्या समाधान गर्न नसकेको खण्डमा मात्र मनी ब्याक ग्यारेन्टी अफर लागु हुनेछ।

No description available.

५१ वटा शाखामा सर्भिस ग्यारेन्टीको अफर

वल्र्डलिंकले देशभरका मुख्य शहरहरुमा मनी ब्याक ग्यारेन्टीको सुविधा लागु हुने जनाएको छ। जसमध्ये ५१ वटा शाखाका ग्राहकहरुले सुविधाको फाइदा लिन सक्नेछन्।

जसमा देशभरका सबै मुख्य शहरहरु पर्दछन्। वल्र्डलिंकले आउने दिनहरुमा यो सुबिधा अरु शाखाहरुमा पनि उपलब्ध गराउँदै जाने बताएकाे छ । वल्र्डलिंकको सेवा दुर्गम क्षेत्रमा समेत पुगिसकेको छ । २७ वर्षदेखी आफ्नो उपस्थिति रहेको वल्र्डलिंकको पहुँच ७४ जिल्लामा पुगिसकेको जनाइएकाे छ ।

Previous Post

लेउवा संघको व्यवसायीहरुसँग छलफल र अन्तरक्रिया

Next Post

कलात्मक महल डिजाईनमा वेगनासतालमा खुल्यो वेगनास बंगलो

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा २६ मा डिजिटल प्रविधि तालिम समापन र विद्यार्थीले तयार पारेका रोवटिक्स प्रदर्शनी
समाचार

पोखरा २६ मा डिजिटल प्रविधि तालिम समापन र विद्यार्थीले तयार पारेका रोवटिक्स प्रदर्शनी

गणित शिक्षकले लिए तालिम
समाचार

गणित शिक्षकले लिए तालिम

प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा प्रतिवेदन लेखन तालिम
समाचार

प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा प्रतिवेदन लेखन तालिम

पोखरा–२६ द्धारा कृषकहरुका लागि कृर्षि औजार वितरण
समाचार

पोखरा–२६ द्धारा कृषकहरुका लागि कृर्षि औजार वितरण

जातीय विभेद अन्त्यका लागि सबै समुदायको उत्तिकै भूमिका
समाचार

जातीय विभेद अन्त्यका लागि सबै समुदायको उत्तिकै भूमिका

Next Post
कलात्मक महल डिजाईनमा वेगनासतालमा खुल्यो वेगनास बंगलो

कलात्मक महल डिजाईनमा वेगनासतालमा खुल्यो वेगनास बंगलो

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?