सचिन रानाभाट
असार १३ , पोखरा
पोखरा पछिको पर्यटकिय केन्द्र वेगनासतालमा कलात्मक महल तथा बंगलो डिजाईनमा वेगनास बंगलो संचालनमा आएको छ। कोभिड लगत्तै निर्माण सुरु गरिएको होटल करिव ३ करोडको लगानीमा असारको पहिलो साता बाट संचालनमा आएको संचालक राजन रानाभाटले जानकारी दिए ।
उक्त होटलमा एसी डिलक्स, तातो चिसो पानी, मिनी बारसहित ५ वटा कलात्मक कोठा, ४ कटेज तथा एसी सहितको सेमिनार हल, पार्किंगको सुबिधा समेत रहेको छ।
होटल म्यानेजमेन्ट अध्ययन पुरा गरेका रानाभाटले नेपाल तथा जापानका तारे होटलमा लामो समयको अनुभव बटुलेका छन्। करिब ३ रोपनी क्षेत्रफलमा संचालित होटलमा आन्तरिक र बाह्य पर्यटकको इच्छा अनुसार नेपाली खाना, इन्डियन, कन्टिेनेन्ट खाजा तथा खानाको सुबिधा रहेको छ।
वेगनासताल बसपार्क पछि आफ्नै जग्गामा संचालित होटल निकट भविष्यमा १५ बटा डिलक्स कोठा सहित स्विमिङ्ग पुल बनाउने लक्ष्य रहेको रानाभाटले बताए। होटल शुभारम्भ भए पछि सबै तिर बाट राम्रो प्रतिक्रिया र हौसला पाएको उनले बताए।




Photo: Sanjeev Ghimire/Lekhnathkhabar.com







Discussion about this post