• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

नेपाल किसान महासंघ गण्डकीले मनायो असार १५ (फोटोफिचर सहित)

Lekhnath Khabar by Lekhnath Khabar
June 30, 2023
in समाचार, स्थानीय
0
0
SHARES
87
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १५ असार । नेपाल किसान महासंघ गण्डकी प्रदेशले रोपाई प्रतियोगिताको आयोजना गरेर असार १५ मनाएको छ । राष्ट्रिय धान दिवसको रुपमा समेत मनाईने असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य दिन महासंघले पोखरा–२९ ठुलाको खोर स्थित स्थानिय तेजप्रसाद भण्डारीको १० रोपनी खेतमा रोपाई प्रतियोगिता एवं दहिच्यूरा खाने कार्यक्रमको आयोजना गरेको हो ।

हरेक मानिसले विहान बेलुका खाने खाना कुनै कारखानाबाट उत्पादन नभई कहिँ न कहिंको किसानले उत्पादन गर्ने भएकाले किसानको महत्व अथाह रहेको र यसको महत्वलाई उजागर गर्नका निम्ती असार १५ विशेष कार्यक्रमको आयोजना गरिएको नेपाल किसान महासंघ गण्डकी प्रदेशका सभापति पुष्पमणी भण्डारीले वताए । उनले गण्डकी प्रदेशभरका किसानहरुको नेतृत्व गर्ने अवसर दिएकोमा पार्टीपंतिलाई समेत आभार व्यक्त गरेका छन ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल किसान महासंघकी केन्द्रीय सदस्य नम्रता बरालले किसानहरुका समस्यालाई बुझ्ने अवसरसमेत मिल्ने भएकाले यसपाली महासंघले किसानहरुको खेत खेतमै पुगेर असार १५ मनाउने कार्यक्रम बनाएको वताईन । कृषि नै जिवनको मुल आधार भएको वताउँदै उनले हरेक नेपालीहरु कृषि पेशासँग जोडिएको र सबैजना आपसी सहकार्यको माध्यमबाट एक हुन सकेको खण्डमा मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने र आयात प्रतिस्थापन गर्न सकिने वताईन ।

यस्तै पोखरा महानगरपालिका वडा नं. २९ का अध्यक्ष श्रीप्रसाद गुरुङले महासंघले वडामा आएर कार्यक्रमको आयोजना गरेकोमा आफुलाई खुशी लागेको वताउँदै आगामी दिनमा वडाको तर्फबाट पहिचान स्थापित हुने गरि कार्यक्रमको आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

उक्त अवसरमा नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधि एवं नेपाल महिला संघ पोखरा महानगरकमिटिकी सभापति माया बरालले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउनको लागी सरकारले पहल गर्नुपर्ने र खेतीयोग्य जमिनलाई प्लटिङ गर्ने कार्य रोकिनुपर्नेमा जोड दिएकी थिईन ।

नेपाली काँग्रेस कास्कीका सह–सचिव नविन सिग्देलले नेपाल कृषिप्रधान देश भएकाले निति निर्माण तहबाट कृषि क्षेत्रलाई प्रोत्साहन गरिनुपर्नेमा त्यसो हुन नसकेमा दुख व्यक्त गरे । उनले कृषिमा अनुदान, आधुनिकिकरण, कृषि र कृषिजन्य उत्पादनलाई जोड दिनुपर्ने समेत वताएका थिए ।

कार्यक्रमका विच आयोजना गरिएको रोपाई प्रतियोगितामा लक्ष्मी खत्री, याम कुमारी खत्री, अनिता आचार्य, सावित्रा थापा, निरु न्यौपाने, सृजना सुवेदी उत्कृष्ट भएका छन भने वृद्धाहरुको तर्फबाट नन्दकली गौतम, हरी माया गौतम उत्कृष्ट बन्न सफल भएका छन । उत्कृष्ट प्रतियोगिहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

नेपाल किसान महासंघ गण्डकी प्रदेशका सभापति पुष्पमणी भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासंघका जिल्ला सभापति भेषराज पराजुलीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन नेपाली काँग्रेसका सह–सचिव मोति गिरीले गरेका थिए ।

Previous Post

कलात्मक महल डिजाईनमा वेगनासतालमा खुल्यो वेगनास बंगलो

Next Post

न्यू लेखनाथ पब्लिक एकेडेमीमा रोपाई महोत्सव

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
न्यू लेखनाथ पब्लिक एकेडेमीमा रोपाई महोत्सव

न्यू लेखनाथ पब्लिक एकेडेमीमा रोपाई महोत्सव

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?