लेखनाथ, असोज २८ । कास्कीमा रहेका सवै तालहरुको सुन्दरता बढाउने गरि महानगरपालिकाले कार्ययोजना ल्याउन लागेको महानगरका प्रमुख धनराज आचार्यले वताएका छन ।
आचार्यले ताललाई आय आर्जनका लागि माछापालन र पर्यटकिय क्षेत्रको रुपमा विकास गराउन सकिने वताउँदै तालहरुको संरक्षण र विकास गर्ने गरी कार्ययोजना ल्याउने वताएका हुन ।
पोखरा महानगरपालिकका वडा नं २६ मा रहेको गुँदे वातावरण संरक्षण तथा मत्स्य सहकारी संस्थाको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन गर्दै प्रमुख आचार्यले प्रकृतिले दिएको वरदानलाई सके सपार्ने नसके नबिगारी सह सदुपयोग गर्नुपर्ने वताउँदै प्राकृतिक स्रोत र साधनलाई जोगाउँदै उपयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।
संस्थाका अध्यक्ष ठाकुर प्रसाद ढुगानाको अध्यक्षतामा भएको कार्यक्रममा खास्टेताल मत्स्य सहकारी सस्थाका सचिव विष्णुहरि ढुगाना, पोखरा महानगरपालिका वडा नं २६ का वडा सदस्य सुदिपराज ढुगाना र शिक्षा उप समितिकी सदस्य मीरा भण्डारी लगायतले आफनो धारणा राखेका थिए ।
संस्थाका सचिव दिपेन्द्र भण्डारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मिनकुमारी बरालले गरेकी थिईन । सस्थाले आय आर्जनका लागि तालको संरक्षण गर्दै व्यवसायीक रुपमा मत्स्यपालन गरिरहेको छ ।
Discussion about this post