लेखनाथ,२८ असोज ।
नेपाल सरकारका पुर्व मुख्य सचिव सोमलाल सुवेदीले रुपाताल प्रकृतिले दिएको अनुपम नासो भएको वताउँदै यसलाई विगार्न नहुने बताएका छन् ।
रुपाताल पुनस्र्थापना तथा मत्स्यपालन सहकारी संस्थाको २१ औ बार्षिक साधारण सभाको उद्घाटन गदै सुवेदीले प्राकृतिक स्रोत र साधन भावी पुस्ताको सम्पती भएकाले यसको सरक्षण गर्नु हाम्रो दायीत्व भएकाले यी अमुल्य निधीलाई सके सपार्ने नसके जस्ताको तस्तै भए पनि भावी पुस्तालाई हस्तान्त्रण गर्दै जानुपर्ने वताएका थिए ।
विकास एकैचोटी आउने विषय नभएकाले क्रमशः हुदै जाने भएकाले विकासका लागि सृजनसिलता, उत्साह र अनुशासन चाहिने भएकाले सवैको साथ र सहकार्यबाट रुपातालको विकास गर्न सकिन्छ पुर्व मुख्य सचिव सुवेदीको भनाई रहेको थियो ।
सोही अवसरमा युनिभर्स सिटी अफ मिजौरी अमेरीकाका प्रोफसर डा.जोन्स रिचार्ड जोनले नेपालको जस्तो प्राकृतीक सुन्दरता कहि नपाईने भएकाले यसलाई नविगारी संरक्षण गर्न नै स्थानियको काम भएको बताएका थिए भने नेपाल पशु तथा मत्स्य कृर्षि अनुसन्धान परिषदका पुर्व निर्देशक डा. टेक बहादुर गुरुङले रुपाको रुप नै फेरीने गरि स्थानीय गरेको काम उदाहरणीय भविश्यका लागि जिवन उपयोगी हुने विश्वास ब्यक्त गरेका थिए ।
कार्यक्रममा काठमाडौ विश्वविद्यालय धुलिखेलका निर्वतमान रजिष्टार जलिय पर्यावरण विध डा.सुवोध शर्माले अनुसन्धानका लागि रुपा नमुना योग्य भएकाले यसको उचित रुपमा संरक्षणमा सरकारी निकायको पनि ध्यान गएको धारणा राखेका थिए ।
सस्थाका अध्यक्ष शिवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष कुल प्रसाद अधिकारी,रुपाताल एकिकृत विकास परियोजनाका प्रमुख इन्जिनियर कृष्ण विक,लि वर्डका कार्यवाहक निर्देशक विकास अधिकारी, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय र सेयर सदस्य नरनारायण थापा लगाएतले रुपमा प्राकृतीको अमुल्य निधी भएकाले यसको संरक्षण सम्वर्धन गर्नु हामी सवैको कर्तब्य भएको बताएका थिए ।
सस्थाका सचिव विरेन्द्र ढकालले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य महिला उपाध्यक्ष शुसिला थापा र धन्यवाद ज्ञापन उपाध्यक्ष पुर्ण बहादुर गुरुङले गरेका थिए ।
वि स २०५८ सालमा स्थापन भएको सहकारीले आय आर्जनका लागि तालमा माछा पालन गर्दै प्राकृतिक सम्पदाको संरक्षण गरौं, दिगो उत्पादनमा जोड दिऔं भन्ने नाराका साथ काम गर्दै आएको छ ।
Discussion about this post