रामशरण नेपाली
लेखनाथ,२८ असोज । चक्रदेवी सहकारी संस्था लि. पोखरा–३० को अध्यक्षमा ऋषिराम जमरकटेल निर्वाचित भएका छन । संस्थाको शनिकार सम्पन्न ५५औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशनले जमरकटृेललाई अध्यक्षमा चयन गरेको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा उपाध्यक्षमा अर्जुन ताम्राकार, सचिव उपेन्द्र पौडेल, कोषाध्यमा अर्जुन ओझा, सहसचिवमा दुर्गा भुर्तेल शर्मा, सदस्यमा सृजना सुवेदी, कल्पना पौडेल, निर्मल कोइरला, पार्वती अधिकारी, राजु गुरूङ र बलराम भट्टराई रहेका छन।
यस्तै राजेश पौडेलको संयोजकत्वमा सरदबाबु भुजेल र लिलाधर सुवेदी सदस्य रहने गरि लेखा समिति समेत गठन गरिएको छ ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका रजिष्टार रमेश घर्तिले सहकारीले सुरक्षित लगानीलाई ध्यान दिनुपर्नेमा जोड दिएका छन । उनले सदस्यहरुविचमा सहकारी सम्बन्धी ज्ञान हुन जरुरी रहेको वताउँदै सहकारी शिक्षाको अभियानलाई अगाडी वढाउन र शेयर सदस्यविचको लगानी वढाउन आग्रह गरेका थिए ।
यस्तै पोखरा महानगरपालिका वडा नं. ३० का वडाध्यक्ष दुर्गा प्रसाद सुवेदीले सानो सानो पुँजीलाई एकिकृत गर्न सकिएकै कारण विभिन्न आर्थिक गतिविधिहरु गर्न सकिएका वताउँदै सहकारीको क्षेत्रमा नमुना सहकारी बन्दै अन्य सहकारीको नेर्तत्व गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष क्षत्रधर आत्रेय, पोखरा–३० का वडा सदस्य विनोद प्रसाद लामिछाने, वरिष्ठ अधिवक्ता खगेन्द्रराज आचार्य लगायतले बोलेका थिए । उक्त अवसरमा नवनिर्वाचित जनप्रतिनिधिहरु, उत्कृष्ट कारोवार गर्ने शेयर सदस्यहरु, उत्कृष्ट वचतकर्ता, ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो भने
प्लस टु मा उत्कृष्ट नतिजा ल्याउन सफल सामुदायीक र संस्थागत विद्यालयमा अध्ययनरत शेयर सदस्यका छोरा छोरीहरु २÷२ जना र चक्रदेवी स्वर्णजयन्ती छात्रवृति कोष प्राप्त गर्न सफल विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष शिवप्रसाद बाँस्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ऋषिराम जमरकटेलले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव अर्जुन कुमार ताम्राकारले गरेका थिए ।
Discussion about this post