लेखनाथ,२८ असोज ।
पोखरा महानगरपालिका वडा नं २६ मा रहेको सिलिङ्गे कृषि उत्पादक सहकारी सहकारी संस्थाको १४ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले बिकास निर्माणको क्षेत्रमा सहकार्य गर्न सवैमा अनुरोध गरेका छन् ।
आफनो गाउँ टोलको विकास भए मात्र वडाको विकास हुने भन्दै वडाले ल्याएको विकास निर्माणको अभियानमा मैेले के पाए भन्दा पनि मैेले के दिए भन्ने उच्च भावनाले सहकार्य गर्दै अगाडी वढ्न अध्यक्ष थापाले आग्रह गरेका हुन् ।
सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले सहकारीले कृषिमा आधारीत नयाँ योजना मार्फत आफना सेयर सदस्यको जिवनस्तर उकास्ने खालका ब्यवसायिक उत्पादन तर्फ अग्रसर हुनु पर्ने सुझाव राखेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष ठाकुर प्रसाद रानाभाटले सहकारीले भोग्नु परेका समस्याका बारेमा जानकारी गराउदै भावी योजनाका बारेमा प्रकाश पारेका थिए ।
सोही अवसरमा सस्थाका सल्लाहकार मुरारी शर्मा, कोपिला रानाभाट, देवेन्द्र रानाभाट, वडा नं २६ का वडा सदस्य तिर्थ बहादुर राजभाट, शिव बहादुर रानाभाट, सेयर सदस्य सोभा रानाभाट र जनप्रिय सहकारी सस्थाका अध्यक्ष रबिन्द्र मोहन अधिकारी लगायतले सहकारीका क्षेत्रमा देखिएका कमजोरीका बारेमा वेलैमा सचेत नहुने हो भने भविष्यमा गम्भिर संकट आउन सक्नेतर्फ संकेत गरेका थिए ।
संस्थाका अध्यक्ष ठाकुर प्रसाद रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष यदुनाथ बराल र कार्यक्रम संचालन सचिव ईश्वरी प्रसाद अधिकारीले गरेका थिए ।
संस्थाले चालु आर्थीक वर्षसम्ममा एक हजार एक सय १६ सेयर सदस्यहरु मार्फत कुल पाँच करोड,४६लाख ९६ हजार सेयर पुँजी बनाउन सफल भएको छ । सोही अवसरमा संस्थाले कृषि लगायत विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्न सफल सेयर सदस्यहरुलाई सम्मान समेत गरेको थियो ।
Discussion about this post