• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

पाँचौ डायमण्ड रनिङशिल्ड शुरु

Lekhnath Khabar by Lekhnath Khabar
October 16, 2022
in खेलकुद, समाचार, स्थानीय
0
पाँचौ डायमण्ड रनिङशिल्ड शुरु

पाँचौ डायमण्ड रनिङशिल्ड शुरु

0
SHARES
548
VIEWS
Share on FacebookShare on Twitter

सुमन जिसी
लेखनाथ, ३० असोज । कास्कीको पोखरा महानगरपालिका वडा नं. २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा पाँचौ डायमण्ड रनिङशिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।
विद्यार्थीहरुलाई पढाइको साथसाथै खेलकुदका माध्यमले पनि अगाडि बढाउने उद्देस्यले खेलकुद प्रतियोगिता संचालन गरिएको विद्यालयका निर्देशक माधवशरण उपाध्यायले बताउनु भएको छ ।
कक्षा नर्सरी देखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरु र पूर्व का विद्यार्थीहरुबिच बिभिन्न विधामा खेलकुद गरिदै आएको र यस वर्ष पनि सोहि कार्यलाई जारी राख्यको विद्यालयका खेलकुद शिक्षक विनोद थापाले जानकारी दिनुभएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २७ वडा अध्यक्ष पूर्ण कुमार गुरुङ्ग, वडा नं. ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुबेदी, विद्यालयका संस्थापक प्रिन्सिपल यमबहादुर रोका, व्यवस्थापक प्रमुख हरिप्रसाद लामिछाने लगायतले खेलाडी विद्यार्थीलाई खेलमा उत्कृष्टता देखाउन शुभकामना दिनुभएको थियो ।


खेलकुदको पहिलो दिन सिनियर तर्फ भलिबल तथा क्रिकेटका पहिलो चरणका खेल सम्पन्न भएका छन् । छात्र तर्फ भएको खेलमा व्यवस्थापन १२ ले होटल मेनेज्मेन्ट ११ लाई र पूर्व व्यवस्थापनले कक्षा १० लाई २–० को सोझो सेटमा हराएर दोस्रो चरणमा प्रवेश गर्न सफल भएका छन् ।
छात्रा तर्फ भएको खेलमा कक्षा १० ले कक्षा ९ लाई र कक्षा १२ ले कक्षा ७ लाई २–० को सोझो सेटमा हराएर फाईनल चरणमा प्रवेश गर्न सफल भएका छन् ।
त्यस्तै क्रिकेट तर्फ कक्षा १० लाई २० रनले हराउदै पूर्व विज्ञान समुह अर्को चरणमा प्रवेश गरेको छ । उक्त खेलमा पूर्व विज्ञान समुहका संञ्चन श्रेष्ठ म्यान अफ दि म्याच हुन सफल भएका छन् । अर्काे खेलमा कक्षा ९ लाई व्यवस्थापन १२ ले ९ विकेट ले हराउदा सुसिल सुबेदी म्यान अफ दि म्याच हुन सफल भएका छन् ।


खेलकुदको पहिलो दिन कक्षा नर्सरी देखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरु विच बिभिन्न विधामा खेलकुद शुरु गरिएको छ । बेलुन फुटाउने, चम्चा दौड, खुल्ला दौड प्रतियोगिता लगाएका खेल भएको विद्यालयका संयोजक बिकाश लामिछानेले जानकारी दिनुभएको छ ।
खेलकुद अन्तर्गत फुटबल, क्रिकेट, भलिवल, टेबलटेनिस लगायतका खेल खेलाईने विद्यालयमा अतिरिक्त क्रियाकलाप प्रमुख अनिल गुरुङ्गले जानकारी दिनुभएको छ । खेलकुद प्रतियोगिता यहि कार्तिक ४ गतेसम्म संचालन हुने बताईएको छ ।

Previous Post

सिलिङ्गे कृषि सहकारीको १४ औं साधारण सभा

Next Post

रग्बीमा लिग चरणका १२ खेल सम्पन्न

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
रग्बीमा लिग चरणका १२ खेल सम्पन्न

रग्बीमा लिग चरणका १२ खेल सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?