• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शनिबारबाट रग्बीका खेलहरु शुरु

Lekhnath Khabar by Lekhnath Khabar
October 15, 2022
in खेलकुद, समाचार, स्थानीय
0
0
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली
लेखनाथ, २९असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बी महिला/पुरुषका खेलहरु शनिबारबाट भण्डारढिक खेलमैदानमा शुरु भएका छन ।

शनिबार सम्पन्न पुरुषतर्फका २ खेलहरुमा आर्मी र लुम्बीनी प्रदेशले विजयी शुरुवात गरेका छन । विभागीय टिम नेपाल आर्मी र गण्डकी प्रदेशविच भएको पहिलो खेलमा २४–५ अंकको फराकिलो अन्तरले आर्मीले गण्डकी प्रदेशलाई पराजित गरेको हो ।

४ ट्राई र २ कन्भर्सनका साथ आर्मीले कुल २४ प्वाईन्ट बनाउन सफल भएको थियो भने गण्डकी प्रदेशले १ ट्राईका साथ जम्मा ५ प्वाईन्टमात्रै बनाउन सक्यो ।

फोटो : जनक तिवारी/लेखनाथ खबर

पुरुषतर्फकै दोश्रो खेलमा लुम्बीनी प्रदेशले बाग्मती प्रदेशलाई २०–५ अंकको फराकिलो अन्तरले पराजीत गरेको छ । खेल अवधिभर लुम्बीनी प्रदेशले ४ ट्राईका साथ २० प्वाईन्ट बनाउन सफल भएको थियो भने बदलामा बाग्मती प्रदेश १ ट्राईका साथ ५ प्वाईन्टमा मात्रै सिमित हुन पुगेको थियो ।

यस्तै शनिबार नै सम्पन्न महिलातर्फका खेलहरुमा गण्डकी प्रदेश र शसस्त्र प्रहरी बलको एपीएफले विजयी शुरुवात गरेका छन । महिलातर्फको पहिलो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई १०–५ अंकको अन्तरले पराजित गरेको छ ।

गण्डकी प्रदेशले खेलको पहिलो हाफभित्रै २ ट्राईका साथ १० प्वाईन्ट बनाउन सफल भएको थियो भने कर्णाली प्रदेशले खेल अबधीभर १ ट्राईका साथ ५ प्वाईन्ट मात्रै बनाउन सक्यो ।

फोटो : जनक तिवारी/लेखनाथ खबर

यस्तै महिलातर्फको दोश्रो खेलमा शसस्त्र प्रहरीको विभागीय टिम एपीएफले मधेश प्रदेशलाई १४–५ ले पराजित गरेको छ । खेलको शुरुवातमै १ ट्राईका साथ ५ प्वाईन्ट बनाएर अग्रता बनाएको मधेश प्रदेशलाई एपीएफले २ ट्राई र २ कन्भर्सनका साथ १४ प्वाईन्ट बनाउँदै जित हासिल गरेको हो ।

प्रतियोगिताको दोश्रो दिन आईतबार पुरुषतर्फ ९ र महिलातर्फ ३ गरी रग्बीका १२ खेलहरु सञ्चालन हुनेछन ।

Previous Post

अर्घौं कृषि सहकारीको अध्यक्षमा पाण्डे

Next Post

कास्कीका तालहरुको संरक्षणका लागी महानगरले कार्ययोजना बनाउने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
कास्कीका तालहरुको संरक्षणका लागी महानगरले कार्ययोजना बनाउने

कास्कीका तालहरुको संरक्षणका लागी महानगरले कार्ययोजना बनाउने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?