रामशरण नेपाली
लेखनाथ,२८ असोज ।
पोखरा महानगरपालिका वडा नं २६ स्थित अर्घौं कृषि सहकारी संस्थाको अध्यक्षमा कलाधर पाण्डे चयन भएका छन । संस्थाको शनिबार समपन्न १२औं वार्षिक साधारण सभा एवं चौथो अधिवेशनले पाण्डेलाई अध्यक्षमा चयन गरेको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा पार्वती सिग्देल भटृराई, सचिवमा हरि बहादुर लामिछाने, कोषाध्यक्षमा चन्द्रकान्त पौडेल, सदस्यहरुमा विनोद पाण्डे, रेवतीरमण वस्ताकोटी, राधा सुवेदी सापकोटा, मिना घर्तीमगर र प्रभा पौडेल लामिछाने रहेका छन ।
यस्तै शेखरनाथ लामिछानेको संयोजकत्वमा उमाकान्त लामिछाने र ईन्दिरा ढुंगाना सदस्य रहेको लेखा समिति समेत गठन गरिएको छ । निर्वाचन सम्पन्न गराउनका लागि नारायण दत्त वस्ताकोटी निर्वाचित अधिकृत र कुशलबाबु लामिछाने र मित्रलाल तिमील्सीना सदस्य रहने गरी निर्वाचन समिति गठन गरिएको थियो ।
यस अघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले प्राकृतिक श्रोत साधन र सुन्दरताले भरिपुर्ण वडालाई विकासको दृष्टिकोणले अगाडि वढाउन आफु तत्पर रहेको वताउँदै यसमा सबै क्षेत्र र निकायले सहयोग गर्न आग्रह गरेका थिए ।
वडाध्यक्ष थापाले स्थानीय क्षेत्रमा रहेको सानो सानो पुँजीलाई एकत्रित गरेर सहकारी संस्थाहरुले आय आर्जन र उत्पादनको क्षेत्रमा उदाहरणीय कार्य गरेको वताउँदै यसमा वडाको तर्फबाट सक्दो सहयोग गर्ने वताएका थिए ।
कार्यक्रममा संस्थाका सल्लाहकार नारायणदत्त वस्ताकोटी, राष्ट्रिय सहकारी बैंकका कर्जा अधिकृत रोशन खतिवडा, सल्लाहकार कुशलबाबु लामिछाने, मेगा बैंक लेखनाथ शाखाका प्रबन्धक प्रकाश सिग्देल, लेखनाथ सहकारीका अध्यक्ष हरि ब. जिसी, शेयर सदस्यहरुको तर्फबाट चन्द्रकान्त पौडेल र कल्पना घिमिरे लगायतले बोलेका थिए ।
उक्त अवसरमा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरु, ज्येष्ठ सदस्यहरु एवं गत वर्षको एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका छोरा छोरीहरुलाई समेत सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष हरि वस्ताकोटीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव कलाधर पाण्डेले गरेका थिए ।
Discussion about this post