• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

शैक्षिक क्षेत्रलाई रोजगारमूलक बनाउनु पर्छः प्रा.डा.गुरुङ

Lekhnath Khabar by Lekhnath Khabar
September 24, 2022
in शिक्षा, स्थानीय
0
0
SHARES
110
VIEWS
Share on FacebookShare on Twitter

शैक्षिक क्षेत्रलाई रोजगारमूलक बनाउनु पर्छः प्रा.डा.गुरु

लेखनाथ, ०८ असोज ।

गण्डकी विश्व विद्यालयका कूलपति प्रा.डा. गणेशमान गूरुङ्ले शैक्षिक क्षेत्रलाई प्रविधि संग जोडेर रोजगारमूलक शिक्षामा जोड दिनु पर्ने बताएका छन् ।

कूलपति गूरुङले पोखरा २७ को तालचोमा रहेको त्रिवेणी इन्टरनेशनल कलेजको सातौं वार्षिक साधारण सभाको उद्धघाटन गर्दे शिक्षण सस्थाहरु परमपरागत भन्दा नविनतम शैक्षिक विधि तथा प्रविधिको प्रयोग गरी शैक्षिक क्षेत्रलाई रोजगारमूलक शिक्षामा जोड दिदै, शिक्षालाई समाज र बजारसँग जोड्ने अभिप्रायका साथ व्यवहारिक ज्ञान प्रदान गर्नु नै आजको आवश्यकता रहेको वताएका हुन् ।

सवै कुराको जड शिक्षा भएकाले समग्र देशका शैक्षिक संस्थाहरुले पनि परम्परागत शिक्षा भन्दा नविनतम र गुणस्तरीय शिक्षा दिनु नै आजको अवश्यकता हो उनको भनाई रहेको थियो ।

कलेज व्यवस्थापन समितीका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य संघका सदस्य वावुराम गिरीले निजी स्तरवाट सञ्चालन भएको कलेजले शैक्षिक गुणस्तरमा कुनै कमी हुन नदिने कुरा व्यक्त गरेका थिए ।

कलेजका ब्यवस्थापन समितिका अध्यक्ष सुमन भट्टराईले कलेजको समग्र शैक्षिक उन्नयन बोर्डको एक मात्र लक्ष्म रहेको बताउदै शेयर सदस्यहरुको लगानीलाई संरक्षण गर्दै कलेजको वृहत्तर हितको खातिर कार्य गरेको र संस्थालई साँच्ची नै नमुना कलेज बनाउन वोर्ड सदस्यहरु लागि परेको बताए ।

कलेजका प्राचार्य यदुनाथ आचार्यले शैक्षिक प्रतिवेदन प्रस्तुत गर्दै समय सापेक्ष अनुसार शैक्षिक गुणस्तर र विद्यार्थीलाई कलेजमा आवश्यक पर्ने भौतिक आधार तय गर्दै कास्की जिल्लाकै उत्कृष्ठ कलेज वनाउनमा आफूहरु लागि परेको धारणा राखेका थिए ।

कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष राजेन्द्रमणि लामिछाने, पोखरा विश्वविद्यालयका पुर्व डिन ईन्द्रप्रसाद तिवारी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, अमरसिद्ध नमूना मा.वि.का प्रधानाध्यापक विष्णु प्रसाद पौडेल, हिसान कास्कीका अध्यक्ष यमबहादुर रोक्का , पुर्व विद्यार्थी यसोसियसनका अध्यक्ष रामकृष्ण लामिछाने र विद्यार्थी कल्याणकारी संघकी अध्यक्ष सृष्टी तिवारीले शैक्षिक ज्ञान संग व्यवहारिक ज्ञानलाई अगाडी बढाउनु पर्ने धाराणा राखेका थिए । भने कलेजका अध्यक्ष सुमन भट्ट्राईको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन कलेजका सहायक प्रमुख दिल्लीराम पौडेलले गरेका थिए ।

त्रिवेणी इन्टरनेशनल कलेजले कास्कीको लेखनाथमै व्यवस्थापन विषयमा अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्न सफल भएको छ । गुणस्तरीय शिक्षाका लागि विदेशसम्म जानुपर्ने बाध्यताको अन्त्य गर्दै स्थानीय प्रतिष्ठित उद्योगी, व्यवसायी, प्रत्रकार, शैक्षिक क्षेत्रका अग्रणी व्यक्तित्वहरुको प्रयासमा २०६७ मा खुलेको कलेजमा विद्यार्थीहरुको आकर्षण छ । कलेज सुविधा सम्पन्न भौतिक पूर्वाधारसहित सञ्चालनमा छ भने कलेजमा विविएस र एमविविएस विहानीका कक्षाहरु संचालनमा रहेको र कलेजमा हाल ५ सय भन्दा वढी विद्याथीहरु अध्ययनरत छन् ।

Previous Post

राईजिङ्ग स्टार युथ क्लवको रत्तदान

Next Post

सरसफाईमा जुटे सक्नेरीका आमाहरु

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

लेउवा संघमा आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम
अर्थ खबर

लेउवा संघमा आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र
राजनीति

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र

भक्तपुर उवासंघको टोलीलाई लेखनाथमा स्वागत
अर्थ खबर

भक्तपुर उवासंघको टोलीलाई लेखनाथमा स्वागत

Next Post
सरसफाईमा जुटे सक्नेरीका आमाहरु

सरसफाईमा जुटे सक्नेरीका आमाहरु

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?