सरसफाईमा जुटे सक्नेरीका आमाहर
लेखनाथ,८असोज ।
सनिवार विहान घामको झुल्को सगै पोखरा २६ को सक्नेरीमा आमा समुहको एक हुल हातमा सरसफाईका औजार लिएर निस्कदा सवैमा उत्सुकता जगायो ।
हातमा पञ्जा लगाएर कोहीको हातमा आसी,कसैको हातमा कुटो,कोदाले त कसैको हातमा बोरा र डोको लिएर बाटोको वरपर घुमेको दृष्यि हेर्ने रोचक देखिन्थो ।
पोखरा २६ मा रहेको सक्नेरी बुद्ध आमा समुहले चाडवाडको मुखमा आफनो टोल वरपर सरसफाई गर्नका लागि जुन अभियान चाल्यो त्यस अभियानमा स्थानियहरु स्वत स्फुर्तमा रुपमा निश्कीएर आफनो घर वरपर सरसफाई गर्न लागेका थिए ।
आम समुहले चाड पर्वको मुखमा हरेक वर्ष जस्तै गर्दै आएको सरसफाई अभियानका सहभागीहरुले स्थानियबासीहरुलाई आफनो घर वरपर आफैले सफा गर्ने हो भने बार्षिक रुपमा सरसफाईको आवस्यकता नै नपर्ने भन्दै आफनो टोललाई स्वच्छ र सफा राख्नका लागि स्वयम स्थानियहरु नै सक्रिय हुनु पर्ने शन्देस दिएका थिए ।
चाडपर्वको समयमा आउने आफन्तहरुलाई स्वागत गर्न र आफनो टोलको परिचय कस्तो दिने भन्ने जिम्मा स्वयम स्थानियहरुमा हुने भएकाले सोही अनुसार सरसफाई गर्न सवैलाई अनुरोध समेत गरिएको थियो ।
सक्नेरी बुद्ध आमा समुहकी अध्यक्ष लक्ष्मी गुरुङको नेतृत्वमा निस्कीएको टोलीले विजयपुरको डरेको साघु देखि रामज्योती स्कुल हुदै बुढिवजार चोकसम्म वाटोको दाया वाया रहेका फोहोर संकलन गरि उचित ठाँउमा बिसर्जन गरेको स्थानिय समाजसेवी गम बहादुर गुरुङले जानकारी दिएका छन् ।
Discussion about this post