• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

बाटिका बचत तथा ऋण सहकारी १५ वर्षमा

Lekhnath Khabar by Lekhnath Khabar
September 25, 2022
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter

बाटिका बचत तथा ऋण सहकारी १५ वर्षमा

लेखनाथ, ९ असोज ।

पोखरा महानगरपालिका वडा नंं–३२ को राजाको चौतारामा रहेको बाटिका बचत तथा ऋण सहकारी संस्था लिमिटिेडको १५ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेफ्स्कुनका केन्द्रिय महासचिव दामोदर अधिकारीले देशको आर्थिक विकास र समृद्धि नेपालको सपना साकार वनाउने संस्थाको रुपमा एवं सामुहिक अभ्यास गर्ने स्थलको रुपमा सहकारी संस्था रहेको वताए ।

अधिकारीले संस्थाहरु वचत मात्र गर्ने नभई सामुहिक अभ्यास गर्ने थलो भएकोले देशको आर्थिक सम्बृद्धिको लागि सहकारीहरुले विभिन्न कृयाकलाप गर्दै आफ्ना सदस्यहरुको आर्थिक स्तर उकास्ने खालका उत्पादनमुखी क्षेत्रमा पनि लगानी गर्न आग्रह गरे । साथै आगमी दिनमा आर्थिक कृयाकलाप गर्नका लागि स्वदेशमा नै लगानी गरी रोजगार दिने, उत्पादन क्षेत्रमा सामुहिक रुपमा सहकार्यको माध्यमद्धारा कृषि, उद्योग र व्यापारमा लगानी गरी, समग्रमा देशको अर्थतन्त्रमा महत्वपुर्ण योगदान पुग्ने गरी सिङ्गो समाजलाई सहकारीको माध्यवाट आर्थिक वृद्धि हाँसिल गर्न र विकासका कार्यमा सहकारीको अहम भुमिका रहेको वताए ।

सोही अवसरमा जिल्ला सहकारी सघ कास्कीकी उपाध्यक्ष अम्बिका गौतमले कर्जा लगानी र निक्षेप संकलनमा मात्र केन्द्रित नभई आफ्नै उत्पादन गरी दिर्घकालिन रुपमा स्वरोजगार वन्नु पर्ने धारणा राख्दै कार्यको आधारमा मुल्याङ्कन गरीनु पर्ने, धारण राखिन् ।

कार्यक्रमा जिल्ला सहकारी संघकी कमला गिरी, कास्की बचत तथा ऋण सहकारी संंघका उपाध्यक्ष श्रीकान्त ढुङ्गाना, पोखरा ३२, का वडा अध्यक्ष अक्कलबहादुर कार्की, लेखनाथ उद्योग वािणज्य संघका अध्यक्ष छत्रधर आत्रेय, संस्थाका भु.पु. अध्यक्ष, हरीप्रसाद धमला, तुलबहादुर गुरुङ्ग,संस्थाका सल्लाहकार, दुर्गालाल पण्डित, विष्णुप्रसाद तिवारी, मालेपाटन कृषि सहकारीका अध्यक्ष नारायणप्रसाद वाग्ले, शेयर सदस्य मेनुका श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा सहकारीका सदस्यका छोराछोरी मध्येबाट गत एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउनेलाई सम्मान गरिएको थियो । सम्मनित हुनेहरुमा सामुदायिक विद्यालयबाट ब्रह्मरुपा मा.वि.की छात्रा एनिसा खड्का र सैनिक आवसिय महाविद्यालय पोखराका छात्र समुन तिवारी त्यसैगरी वर्ष उत्कृष्ठ कर्मचारी गोपीराज तिवारी, वर्ष उत्कृष्ठ कारोवार कर्ता शेयर सदस्य सरस्वती घिमिरे, श्रीमाया कामी, र मिठु गिरीलाई सम्मान गरिएको थियो ।

सोही अवसरमा संस्थाका अध्यक्ष मानवहादुर श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन, सचिव ईन्द्रविलास पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सन्तोष तिवारीले भावि योजना र आय व्याय प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष मानबहादुर श्रेष्ठले स्वागत गरेको कार्यक्रममा सहकारीका सिद्धान्त वाचन सस्थाकी सदस्य जानुका अधिकारीले गरेकी थिइन् भने कार्यक्रमको संचालन संस्थाका सविच इन्द्रविलास पौडेल (सुर्य) ले गरेका थिए । भने धन्यवाद ज्ञापन संस्थाका उपाध्यक्ष अर्जुनराज पगेनीले गरेका थिए । सस्थामा एक हजार १३ जना शेयर सदस्य रहेका छन् ।

Previous Post

सरसफाईमा जुटे सक्नेरीका आमाहरु

Next Post

जल्धारे सहकारीको सेयर पुजी झण्डै पाँच करोड

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
जल्धारे सहकारीको सेयर पुजी झण्डै पाँच करोड

जल्धारे सहकारीको सेयर पुजी झण्डै पाँच करोड

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?