लेखनाथ, १० असोज । पोखरा महानगरपालिका वडा नं २६ मा रहेकोे जल्धारे बचत तथा ऋण सहकारी सस्था १४ औं वर्षसम्म आईपुग्दा झण्डै पाँच करोडको सेयर पुजी पुगेको छ ।
सहकारीको क्षेत्रमा उल्लेखिए काम गरेको सस्थाले चालु आर्थीक वर्षसम्ममा एक हजार ५२ सेयर सदस्यहरु मार्फत चार करोड ७९ लाख ४७ हजार सेयर पुजी बनाउन सफल भएको हो ।
सहकारीको १४ औं बार्षिक साधारण सभा तथा छैटौं अधिवेशको सोमवार उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन थापाले स्थानिय स्तरको विकास निर्माणमा सामाजिक संघ सस्थाको सहकार्यमा अगाडी वढ्ने धारणा राख्दै वडा भित्र रहेका सहकारीहरुले सामुहिक रुपमा उत्पादनसिल क्षेत्रमा लगानीका योजना बनाउनु पर्ने सुझाव राखेका थिए ।
सोही अवसरमा राष्ट्रिय सहकारी बैक तालचोक साखाका साखा प्रमुख सन्तोष घिमिरेले सहकारीले लगानी गर्दा सुरक्षीत धितोलाई ख्याल गर्नु पर्ने र सस्थाको आर्थीक पारदर्सीतामा सेयर सदस्यहरुले चासो राख्नु पर्नेमा जोड दिएका थिए ।
सस्थाका अध्यक्ष श्रीकान्त ढुगानाको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रिय बहुउदेश्यीय सहकारी सस्थाका अध्यक्ष रविन्द्र मोहन अधिकारी,पोखरा महानगरपालिका वडा नं २६ का निर्वतमान वडाअध्यक्ष नारायण प्रसाद बराल,सेयर सदस्य ईश्वरी अधिकारी,बिष्णु सुवेदी र शिक्षा उप समितिका संयोजक सविता भण्डारी लगाएतले सहकारीको निती तथा नियम अनुसार नचल्दा दुर्घटना हुन सक्ने सम्भावनाका बारेमा सचेत गराएका थिए ।
संस्थाका सचिव विचित्रनाथ ढुुगानाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सारदा बरालले गरेकी थिईन भने धन्यवाद ज्ञापन पुर्व अध्यक्ष मनोहरी ढुगानाले गरेका थिए ।
Discussion about this post