लेखनाथ, १०असोज । पोखरा–३० मा रहेको शिशुवा बचत तथा ऋण सहकारी संस्थाको १६ औ बार्षिक साधारण सभा तथा छैटौं अधिवेशनले आगामी कार्यकालका लागि नविन प्रसाद वास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनका लागि भएको निर्वाचन कार्यक्रम अन्तरगत अध्यक्षमा निर्वतमान उपाध्यक्ष नविन वास्तोला,उपाध्यक्षमा निवर्तमान सचिव भरतराज न्यौपाने र लेखा समितिको संयोजकमा ध्रुव कल्पित सुवेदी निविरोध भएका छन् भने यो समचार तयार पार्द सम्म अन्य पदमा भने सहमति हुन नसकेको वडा नं ३० का वडा सदस्य विनोद प्रसाद लामिछानेले जानकारी दिएका छन् ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश राष्ट्रिय सहकारी रजिष्ट्रारको कार्यालय पोखराका रजिष्टार रमेश घर्तीले सेयर सदस्यको भुमिका प्रति कडा टिप्पणी गर्दै साधारण सभामा आउने भत्ता बुझने र खाना खाएपछि हिड्ने प्रचलनले सहकारीको गतिविधीका बारेमा कम चासो राखेको देखिन्छ,त्यसैले सेयर सदस्यहरुले सस्था प्रति चासो देखाउदै सस्था प्रति खवरदारी,गुनासो र समस्याका बारेमा जानकार हुनु पर्ने सुझाव राखेका थिए ।
सस्थाका अध्यक्ष विष्णु प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष दुर्गा प्रसाद सुवेदी,वडा सदस्य विनोद प्रसाद लामिछाने,महिला वडा सदस्य उमा परियार जेष्ठ सेयर सदस्य बामदेव शर्मा जमरकटेल लगाएतले सहकारीको निती र नियम अनुसार नचल्दा भविश्यमा आउने समस्या प्रति बेलैमा सचेत हुनु पर्ने सुझाव राखेका थिए ।
सस्थाका सचिव भरतराज न्यौपानेले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष नविन प्रसाद वास्तोला र धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष लक्ष्मण वास्तोलाले गरेका थिए ।
उक्त अवसरमा उत्कृष्ठ कारोवार तर्फ केशवराज तिवारी,राजु शर्मा नियमित कारोवारीको तर्फबाट श्याम सुन्दर श्रेष्ठ,दिपक शर्मा र असल कारोवारीको तर्फबाट खेमु वि क र विमाया नेपालीलाई सम्मान गरिएको थियो ।
बि स २०६४ सालमा स्थापना भएको सहकारीले दुई हजार तिन सय ८० सेयर सदस्य मार्फत हाल सम्म छ करोड ७५ लाख २२ हजार तिन सय रुपियाँको सेयर पुजी बनाउन सफल भएको छ ।
Discussion about this post