लेखनाथ, ४ भदौ । सामाजिक क्षेत्रमा सक्रिय रहेको रुपा गाउँपालिका वडा नं.५ स्थित फेदी नेवाः खलले मृगौला रोगीलाई आर्थिक सहयोग गरेको छ ।
नेवाःखलका सदस्य उत्तम कुमार श्रेष्ठका छोरा निराज श्रेष्ठलाई चवालीस हजार ६ सय ७५ रुपैयाँ आर्थिक सहयोग गरिएको हो । नेवाः खलका सदस्यहरुबाट संकलन गरिएको उक्त रकम नेवाः खलका अध्यक्ष मोहन जोशीले हस्तान्तरण गर्दै हामी आफूले गरेको सहोगबाट मृगौला पिडितको उपचारमा सहयोग पुग्ने विश्वासका साथ सहयोग गरिएको बताए ।
यसै गरी नेवाः खलका सचिव सुरेन श्रेष्ठले मानविय सेवामा नेवाः खल लागि परेको बताउँदै मृगौला पिडित निराज श्रेष्ठको मृगौला उपचारमा सहयोग गरी उनको जीवन रक्षा गर्न पनि सबैलाई अनुरोध गरे । यसै विच फेदी नेवाः खलले नेवारी परमपरा अनुसार कृष्ण जन्माष्टमी मनाएको छ । अष्टमीको दिन पूजा आराधाना गरी रातमा जाग्राम बसी श्रीकृष्ण जन्माष्टमी व्रत समापन गरिएको हो ।
नेवारी परम्परा अनुसार कृष्ण अष्टमीको भोलीपल्ट बिहान श्रीकृष्णको मन्दिर बनाई पूजा आराधाना, भजनकीर्तन गर्दे सबै सदस्यहरुको घरमा कृष्ण मन्दिरको शोभा यात्रा सहित कृष्णजात्रा निकालिएको थियो भने सो अवसरमा नेवारी, मारुनी, लठ्ठी, जोगी नाच लगाएतका विभिन्न किसिमका नाचका साथ कृष्ण जात्रा सम्पन्न भएको थियो ।
Discussion about this post