लेखनाथ ४ भदौ ।
ङयोए तमु धि लेखनाथ र संयुक्त गोर्खा भुपु सैनिक क्लवले शनिवार आयोजना गरेको स्वाथ्य शिविरमा स्वास्थ्य सचेतनाका बारेमा जानकारी गराईएको छ ।
रोग लाग्नु पर्व नै निरोगी वन्नका लागि सन्तुलीत आहार विहार देखि समय समयमा स्वास्थ्य जाँच गराउनु पर्नेमा जानकारी गराईएको थियो ।
कार्यक्रमको सुभारम्भ गर्दै वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले निरोगी वडावासीको अभियानलाई सार्थक रुप दिन वडाले निःशुल्क स्वास्थ्य शिविर राख्दै आएको र विशेष गरि रोगले ग्रस्त बनाईसकेपछि मात्र हस्पिटल जाने प्रचलनको अन्त्य गरि समय समयमा आफनो स्वास्थ्य जाँच गराई निरोगी वन्न आग्रह गरेका थिए ।
एक सय १६ जना विरामीले सेवा लिएको कार्यक्रममा बरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. रविमोहन ढकालले स्वच्छ पोखरा स्वथ्य पोखरेलीको अभियानले आफनो टिम अगाडी वढेकाले रोग लाग्न नदिने उपायहरुका बारेमा जानकार हुन अनुरोध गरेका थिए ।
ङयोए तमु धि लेखनाथका अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव काशीमाया गुरुङले गरेकी थिईन ।







Discussion about this post