लेखनाथ,४ भदौ ।
लेखनाथ सामुदायिक बचत तथा ऋण सहकारी सस्थाले आफनो १४ औं स्थापना दिवसलाई सामाजिक क्षेत्रमा केन्द्रित गर्दै विविध कार्यक्रमका साथ मनाउने आएको छ ।
यसैक्रममा सहकारीले राखेका साताब्यापी कार्यक्रम अन्र्तगत शनिवार सामाजिक उत्तरदायित्वलाई बहन गर्दै राखेको पाठेघरको मुखको क्यान्सर, सुगर तथा मृगौला परिक्षणमा १ सय ९३ जनाले सेवा लिएका छन् । जसमा ५९ जनाले पाठेघरको परिक्षण गराएका हुन भने एक सय ३४ जनाले अन्य सेवा लिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत शंकर प्रसाद पौडेलले जानकारी दिएका छन् ।
संस्थाका उपाध्यक्ष हिमालय ओझाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सदस्य बरिष्ठ फिजिसियर डा.कृष्णराज अधिकारी, यु आर एलका प्रवन्ध निर्देशक ठाकुर प्रसाद पन्त, संक्रामक तथा सरुवा रोग अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विकास गौचन र संस्थाका सचिब कृष्ण प्रसाद तिवारी लगायतले रोग निवारणका उपाय र अपनाउनु पर्ने होशियारीका बारेमा जानकारी गराएका थिए ।
यसैबिच संस्थाले सोमवार स्थापना दिवसको पहिलो कार्यक्रम पोखरा–३० को भाटको मुलमा रहेको शिव मन्दिर परिसरमा सरसफाई र धार्मीक पदयात्रा सहित पोखरा–३१ को बेगनासताल स्थीत मन्दरे पार्क वरपर सरसफाई र संक्रमण तथा सरुवा रोग अस्पताललाई स्वास्थ्य सामाग्री वितरण गरिसकेको छ भने बाकी कार्यक्रममा रक्तदान, बृक्षारोपण,महिला शेयर सदस्यहरुका लागि तिज कार्यक्रम र सहकारीका सम्वन्धमा अन्तर मावि बक्तृत्वकला प्रतियोगिता राखेर स्थापना दिवस मनाउन लागेको संस्थाका अध्यक्ष मेजर रामप्रसाद गुरुङले जानकारी दिएका छन् ।







Discussion about this post